देशभर ३० जनामा हैजा पुष्टि

देशभर ३० जनामा हैजा पुष्टि

नेपालगन्ज २२ साउन : नेपालभर ३० जनामा हैजाको संक्रमण पुष्टि भएको छ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)ले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा  हैजा संक्रमितको संख्या ३० पुगेको हो । 

इडिसीडीका अनुसार ललितपुरमा हैजाका सबैभन्दा बढी संक्रमित फेला परेका छन्। ललितपुर र काठमाडौँमा गरी उपत्यकामा २० जनामा हैजा पुष्टि भएको  इडिसिडीले जनाएको छ। यसैगरी कैलालीमा आठ र प्युठानमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ। 

संक्रमितमध्ये सबैभन्दा बढी ७ जना ५ देखि १४ वर्षका बालबालिकालाई  रहेको महाशाखाले जनाएको छ। १५ देखि २४ वर्षका ६ जना, २५ देखि ३४ वर्षका ४ जना, ३५ देखि ४४ वर्षका ५ जना, ४५ देखि ५४ वर्षका ५ जना , ५५ देखि ६४ वर्ष र  १४ वर्षमुनिका एक–एक जना हैजा देखिएको महाशाखाले पुष्टि गरेको छ। 

Duduwa Tato hawa Bachau Image