नवनियुक्त तीन मन्त्रीले लिए शपथ

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

नेपालगन्ज ३० भदौ : सुशीला कार्की नेतृत्वको सरकारका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्  ।

जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि  शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो । त्यसैले गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवास भित्रै भएको थियो । आज चाहिँ खण्डहर कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रमको व्यवस्थापन मिलाइएको हो ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

आजको शपथमा अन्य अतिथीहरुलाई पनि बोलाइएको छ । सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरु पनि शपथमा उपस्थित छन् । आज तीन मन्त्रीहरू अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानूनमन्त्री ओमप्रकाश अर्यालको शपथ भएको हो । घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनीहरूले आजै पदभार ग्रहण गर्नेछन् । 

Duduwa Tato hawa Bachau Image

खनाल पूर्व अर्थसचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अर्याल वरिष्ठ अधिवक्ता हुन् । बाँकी सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले तत्कालका लागि आफ्नै नेतृत्वमा राख्नु भएको छ ।