जनेजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा
मृतकका परिवारलाई १० लाख दिने घोषणा
नेपालगन्ज २९ भदौ : सरकारले जनेजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेको छ । साथै घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए ।
उनका अनुसार नयाँ सरकारलाई सरकारी सेवा प्रवाह चुनौतीका रूपमा रहेको छ । ‘धेरैजसो सरकारी कार्यालयहरू अधिकांश ड्यामेज भएको अवस्था छ’, मुख्यसचिव अर्यालले भने, ‘बजेट र प्राथमिकताका आधारमा पुननिर्माणको आवश्यकता छ । मन्त्रालय, अदालत, सिडिओ कार्यालयहरू तोडफोड र आगजनी भएका छन् ।’
यो पनि जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ७२ पुग्यो
उनले आगजनी र तोडफोड हुन बाँकी रहेका कार्यालयबाट सेवा प्रवाह गर्नुपर्ने भन्दै त्यसका लागि काययोजना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए । त्यस्तै उनले सुरक्षा र कर्मचारीको मनोबल उच्च बनाएर काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको जोड दिएका छन् ।
यो पनि प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
जेनजीको आह्वानमा भएको प्रदर्शन क्रममा गत सोमबार प्रदर्शनकारीहरू संसद भवन घेर्न पुग्दा सुरक्षाकर्मीले गोली चलाएको थियो । प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ ।
यो पनि प्रथम महिला प्रधानमन्त्री सुशीला कार्की : न्यायको शिखरदेखि शासनको बागडोरसम्म
त्यसमध्ये ५९ जना प्रदर्शनकारी,१० जना कैदी र ३ जना प्रहरी कर्मचारी रहेको पनि जानकारी दिइएको छ। त्यस्तै १३४ जना प्रदर्शनकारी र ५७ प्रहरी गरी १९१ जनाको उपचार भइरहेको छ।
क्षतिको विवरण तत् मन्त्रालयहरूलाई संकलन गर्न भनिएको पनि कार्यक्रममा जानकारी दिइएको छ।
यो पनि जेनजी आन्दोलन : चुनावको तयारीमा जुट्दै निर्वाचन आयोग
यो पनि जनेजी आन्दोलन : सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव





0 Comments