जेनजी आन्दोलन : ज्यान गुमाएकाको शव परिवारलाई हस्तान्तरण

जेनजी आन्दोलन : ज्यान गुमाएकाको शव परिवारलाई हस्तान्तरण

नेपालगन्ज २७ भदौ : जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गर्न शुरु गरिएको छ।

महाराजगञ्जस्थित महाराजगञ्ज मेडिकल क्याम्पसमा शव परीक्षण गरेर सम्बन्धित परिवारलाई शव बुझाउने काम भइरहेको छ।

जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले बताएका छन् । 

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना र प्रभाग कोटेश्वरमा कार्यरत एक जनाको मृत्यु पुष्टि भएको छ । प्रदर्शनकारीतर्फ प्रहरीको बल प्रयोगमा २१ जनाको मृत्यु भएको डीआईजी घिमिरेले बताए ।

Duduwa Tato hawa Bachau Image

प्रदर्शनको क्रममा आगजनीमा परेर, प्रदर्शनमा भागदौड हुँदा र करेन्ट लागेर १८ जनाको मृत्यु भएको छ ।