पार्टीलाई बलियो बनाउन हार्दिकता आवश्यक : उपसभापति गुरुङ्ग
नेपालगन्ज १५ भदौ : नेपाली काँग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक रहेको बताएकाछन् ।
नेपाली काँग्रेस बाँके प्रशिक्षण शाखाद्वारा नेपालगन्जमा आयोजित दुईदिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई आईतबार नेपालगन्जमा उद्घाटन गर्दै उपसभापति गुरुङ्गले कार्यकर्तामा हार्दिकता अभाव हुँदा आमनिर्वाचनमा त्यसको प्रभाव पर्ने गरेको उल्लेख गर्दै उनले यस्ता प्रशिक्षणले तल्लो तहमा रहेका कार्यकर्तामा हार्दिकता जोड्ने बताए ।
‘काँग्रेसभित्र हार्दिकता जोड्नु पर्ने आवश्यकता छ’ उनले भने,–‘त्यसको अभावमा निर्वाचनमा हामीले तितो अनुभव बटुल्दै आएका छौं । यस्ता प्रशिक्षणले हार्दिकतालाई जोड्ने काम गर्छ ।’
काँग्रेसको सिद्धान्तप्रति प्रतिवद्ध गराउन प्रशिक्षण अत्यन्तै जरुरी रहेको उनको भनाई थियो । ‘काँग्रेसका तल्लो तहमा पार्टीको सिद्धान्तबारे वहस गर्न सक्ने क्षमता जगाउन आवश्यक छ उनले भने–‘जसले गर्दा पार्टीलाई बलियो बनाउँछ ।’
उपसापति गुरुङ्गले काँग्रेसभित्र आपसी समन्वय र सहकार्यको आवश्यकता रहेको भन्दै सहकार्यको अभावमा गन्तव्यमा पुग्न नसकिने उल्लेख गरे । ‘राजनीतिको राजमार्गमा सबैलाई समेट्दै लैजानु पर्छ उनले भने–‘समन्वय र सहकार्य हुन सकेन भने गन्तव्यमा पुग्न सकिदैन भन्ने कुरा सबैले बुझ्न आवश्यक छ ।’
नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले काँग्रेस बाँकेले कार्यकर्ताहरुलाई प्रशिक्षित बनाउँदै लगेको भन्दै उनले पालिका र वडा तहमा नेतृत्व गर्ने सबैलाई प्रशिक्षित गराउने काम भएको उल्लेख गरे । उनले प्रशिक्षण कार्यक्रमका माध्यमबाट गाउँटोल हुँदै पार्टीलाई बलियो बनाउने अभियानमा आपूmहरु लागिपरेको बताए ।
प्रशिक्षण शाखा प्रमुख गोपाल प्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन शत्रमा नेपाली काँग्रेस लुम्विनी प्रदेशका सभापति अमरसिंह पुन, लुम्विनी प्रदेशका प्रशिक्षण विभाग प्रमुख भुवन प्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको छ ।
प्रशिक्षण कार्यक्रममा बाँके जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरु, क्षेत्र, प्रदेश सभा क्षेत्र तथा पालिका कार्यसमितिका पदाधिकारीहरु, निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरु र भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारी तथा सदस्य र जिल्ला अध्यक्षहरु गरी करीब २७५ जनाको सहभागिता रहेको प्रशिक्षण शाखा सचिव उमा थापा मगरले बताइन् ।
दुई दिनसम्म चल्ने प्रशिक्षणको पहिलो दिन सोमवार नेपाली काँग्रेस केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठान विभागका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले ‘नेपालको संविधानः संविधान कार्यान्वयनमा काँग्रेसको भूमिका र दायित्व’, प्रतिष्ठानका निर्देशक डा. कृष्णप्रसाद पौडेलले नेपाली काँग्रेसको तहगत संरचना र नेतृत्व विकास’, ‘सांगठनिक अवस्था र संगठन विस्तारको रणनीति’, नवीन श्रेष्ठले नेतृत्व क्षमताको विकास, विश्वदिप लामिछाने ‘संगठन विस्तारमा सूचना प्रविधिको प्रयोग र प्रभाव’ र तीर्थ पौडेलले प्रशिक्षणको विधि, प्रशिक्षकका सीप र प्रभावकारिता विषयमा प्रशिक्षण दिएकाछन् ।
त्यसैगरी दोस्रो दिन मंगलबार डा. जगदिश चन्द्र पोख्रेलले लोकतान्त्रिक समाजवादः नेपाली काँग्रेसको आर्थिक नीति, उपलब्धि र भावी कार्यदिशा र डा. सञ्जय महतोले युवा, रोजगारी र उद्यमशिलताका विषयमा प्रशिक्षण दिने सचिव थापा मगरले जानकारी दिइन् ।





0 Comments