मुटुमा समस्या भई उपचाररत गाउँपालिकाका अध्यक्ष खाँ लखनउ रिफर

मुटुमा समस्या भई उपचाररत गाउँपालिकाका अध्यक्ष खाँ लखनउ रिफर

नेपालगन्ज ११ भदौ : बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि भारतको लखनऊ रिफर गरिएको छ । 

एक्कासी मुटुमा समस्या भएपछि आईतबार राति भेरी अस्पतालको आइसियू भर्ना भएका अध्यक्ष खाँको स्वास्थ्यमा उल्लेख्य सुधार नभएको र समस्या झन् बढ्नसक्ने सम्भावना देखेपछि थप उपचारका लागि लखनऊ रिफर गरिएको भेरी अस्पतालले जनाएको छ । 

आईतबार राति १२ बजे मुटुको धड्कन एक्कासी बढेपछि अध्यक्ष खाँलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । तीन दिनदेखि आइसियूमा भर्ना गरेर उपचार गरिए पनि उनको स्वास्थ्य समस्यामा सुधार नदेखेपछि थप उपचारका लागि मङ्गलबार लखनऊस्थित इन्दु अस्पतालमा लगिएको गाउँपालिकाले जनाएको छ । 

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले अध्यक्ष खाँको लखनऊमा उपचार भइरहेको र स्वास्थ्यमा सुधार समेत भइरहेको जानकारी आफन्तले दिएको बताए ।

Duduwa Tato hawa Bachau Image

आईतबार मुटुको धडकन बढेपछि खाँलाई अस्पताल ल्याएपछि उनको श्वास–प्रश्वासमा समस्या देखिएको भेरी अस्पतालका मुटुरोग विशेषज्ञ डा. विकास नेपालले बताए । गत केही वर्षदेखि मुटुरोग, प्रेसर र सुगरबाट पीडित अध्यक्ष खाँले लखनऊस्थित इन्दु अस्पतालमा उपचार गराउदै आएको गाउँपालिकाका पदाधिकारीको भनाइ छ । गत निर्वाचनमा नेपाली काँग्रेसबाट खाँ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।