वीपी स्मृति दिवसमा विविध कार्यक्रम
नेपालगन्ज १० साउन : नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय वीपी कोइरालाको ४३औं स्मृति दिवसका सन्र्दभमा नेपाल किसान महासंघ, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ कार्यसमितिले विविध कार्यक्रम गरि मनाएको छ ।
विपीको स्मृति दिवसमा शनिबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ स्थित हडियाबाबा प्रङ्गणमा सरसफाई तथा विभिन्न बीउविजन वितरण गरि मनाएको हो ।
नेपाल किसान महासंघ नेपालगन्ज वडा नम्बर–६ का वडा अध्यक्ष सगुन कुमार श्रेष्ठको अध्यक्षतामा भएको सो सरसफाई तथा बीउविजन वितरण कार्यक्रम गरिएको थियो ।
हडियाबाबा प्राङ्गणमा उम्रिएका झारपात, घाँस र त्यहाँ थुप्रिएका फोहोरलाई एकिकृत गरि त्यसको व्यवस्थापन समेत गरिएको थियो ।
सरसफाई तथा बीउविजन वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री एवम बाँकेका सचिव महेन्द्र मल्लले वीपीको राजनीतिक, समाजिक तथा साहित्यिक योगदानको चर्चा समेत गरेका थिए । उनले महामानव वीपी कोइरालाको बिचारको बाटो काँग्रेसले छाड्न नहुनेमा जोड दिए ।
किसान महासंघका केन्द्रिय प्रतिनिधी कुन्तलराज शर्माले स्वागत गरेको सोक्रममा कार्यक्रमका अध्यक्ष सगुन कुमार श्रेष्ठ, प्रमुख अतिथी किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री मल्ल, नेपाली काँग्रेस नेपालगन्ज नगर कार्यवहाक सभापती धनराज बर्मा, किसान महासंघका प्रदेश प्रतिनिधी राधा खड्का, महासंघ क्षेत्र नम्बर–२ सचिव विजय मल्ल, महासंघ नेपालगन्ज नगर समितिका अध्यक्ष लोकबहादुर शाह, काँग्रेस नेपालगन्ज वडा नम्बर–६ का बुथ सचिव दीलिप रेग्मी लगायतले महामानव वीपी कोइरालाको बिचार र उनको पदचाप पछ्याउनुपर्नेमा जोड दिएका थिए ।
सोक्रममा वीपि स्मृति दिवस मनाउन सहयोग गर्ने दुई दर्जन बढीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल किसान महासंघ जिल्ला सदस्य निशा रेग्मी, नेपालगन्ज उपमहानगरपालिकाकी कार्यपालिका सदस्य संगीता योगी, किसान महासंघ वडा नम्बर–१३ का अध्यक्ष अरुण शाह, नगरका सचिव युवराज शाह, क्षेत्र नम्बर–२ का सदस्य गंगाराम डाँगी तथा नेपाल दलित संघ क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति प्रकाश नेपाली लगायतको सहभागिता रहेको थियो ।
नेपाल किसान महासंघ वडा नम्बर–६ को समितिले विपी स्मृति दिवसकै सन्र्दभ पारेर यसअघि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ स्थित फुल्टेक्रमा माविको प्राङ्गणमा बृक्षारोपण समेत गरेको थियो । सोक्रममा विभिन्न प्रजातिका ७० वटा बोटविरुवा बृक्षारोपण गरिएको थियो । भने उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री एवम बाँकेका सचिव महेन्द्र मल्लले उत्कृष्ट एक जना विद्यार्थीला पाँच वर्षसम्म पाँच हजार रुपैयाँ सहयोग गर्ने उद्घोष गरेका थिए ।





0 Comments