नेपालमै पहिलोपटक भेरीमा ‘एचपीएलसी’ जडान : नवजात शिशुको सिकलसेल जाँच सहज हुने

नेपालमै पहिलोपटक भेरीमा ‘एचपीएलसी’ जडान : नवजात शिशुको सिकलसेल जाँच सहज हुने

नेपालगन्ज ९ साउन : भेरी अस्पताल, नेपालगन्जमा नवजात शिशुको सिकलसेल एनिमियारथालसिमियाको जाँच गर्ने मेसिन जडान गरिएको छ। 

‘एचपीएलसी’ नामको यो मेसिन नेपालमै पहिलो पटक भेरीमा जडान गरिएको हो । प्रदेश सरकारले दिएको मेसिन भारतबाट आएका ईन्जिनियरले जडान गरिरहेको मेसु डा. निराजन सुवेदीले जानकारी दिए ।

अहिलेसम्म १६ महिनामुनीका बालबालिकाको सिकलसेल जाँच हुँदैनथ्यो । यो मेसिन सञ्चालनमा आएपछि नवजात शिशु अवस्थामै सिकलसेल जाँच हुनेछ । रगत निकालेर जाँच गरिन्छ ।

भेरीमा अहिले पनि सिकलसेलका विरामीलाई विभिन्न सेवा दिइरहेको छ । मेसु डा. सुवेदीका अनुसार, भेरीमा निशुल्क जाँच, विरामीलाई रगत चढाउन ६ शैयाको छुट्टै वार्ड, भर्ना गर्न १० शैयाको वार्ड, विपन्नबाट एक लाख बराबरको औषधि सहयोग दिँदै आएको छ ।

Duduwa Tato hawa Bachau Image

भेरीमा एक हजार चार सय विरामी नियमित जाँचमा रहेका छन् । सिकलसेल थारु समुदायमा जनस्वास्थ्यको समस्याको रुपमा रहेको छ । बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरमा थारु समुदायको बाक्लो बसोबास रहेको छ । बंशाणुगत रोगको रुपमा रहेको सिकलसेल फरक समुदायसँग विवाह गर्दा नदेखिने जानकारहरुले बताएका छन् ।