एकलैनीकी ८ वर्षीया बालिका बलात्कार गर्ने ५५ वर्षीय गुडडु हल्वाई पक्राउ
- | नेपाखबर | अपराध–घटना
- ८ साउन २०८२, बुधवार
- नेपाखबर
नेपालगन्ज ७ साउन : नेपालगन्ज उपमहानगरपालिका ३, एक्लैनीकी आठ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सोही ठाउँका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति सोही ठाउँ बस्ने ५५ वर्षीय गुडडु हल्वाई रहेको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणीसम्बन्धी उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको टोलीले हल्वाईलाई नियन्त्रणमा लिएको हो । पीडित बालिकालाई तत्कालै उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको थियो । चिकित्सकका अनुसार बालिकाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले घटनाको गम्भीरता र बालिकाको उमेरलाई ध्यानमा राख्दै मुद्दा दर्ता गरी हाल आरोपी हल्वाईमाथि कानूनी प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
उनले घटनाको थप अनुसन्धान पनि भइरहेको जनाए । दोषीलाई कडा कारबाहीको माग गर्दै नेपालगन्ज–३ एकलैनीका स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।





0 Comments