नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समिति चण्डीगढ़मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न
नेपालगन्ज ७ साउन: नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको आयोजनामा चण्डीगढ़को गढवाल भवन, सेक्टर २९ मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता क्षेत्रीय समिति अध्यक्ष राजु चन्द ठकुरीले गरेका थिए भने सञ्चालन महासचिव ढाकाराम पौडेलले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रिय अध्यक्ष बालकृष्ण पाण्डे थिए । साथै केन्द्रिय पदाधिकारी, क्षेत्रीय पदाधिकारी, शाखा तथा महिला समितिका अध्यक्ष, सचिव र प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि पाण्डेले दीप प्रज्वलन गरी महामानव वीपी कोइरालाको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उनले प्रशिक्षण शत्रमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता, नविकरण, र नयाँ फारामहरू क्षेत्रीय समितिलाई हस्तान्तरण गर्नुका साथै समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा संगठनात्मक विषयमा प्रशिक्षण दिएका थिए ।
बैठकमा वीपी कोइरालाको स्मृति दिवस, जन्मजयन्ती, तीजको भव्य कार्यक्रम आयोजना, समिति स्थापनाको सोर्णजयन्ती र संगठनको एकता, मेलमिलाप तथा पारदर्शिता जस्ता महत्वपूर्ण विषयमा गहन छलफल गरिएको थियो ।
कार्यक्रमका क्रममा पाण्डेले पश्चिमोत्तर भारतका २२ शाखाहरूको भ्रमण, जनजागरण तथा संगठन सुदृढीकरणको उद्देश्यसहित केन्द्रिय प्रतिनिधिमण्डल गठन गर्ने घोषणा गरे, जसमा एक जना केन्द्रिय प्रतिनिधि, २ जना क्षेत्रीय प्रतिनिधि र एक जना महिला प्रतिनिधि समावेश हुनेछन् ।
कार्यक्रमको समापनमा चण्डीगढ़ क्षेत्रीय समितिका कार्यकर्ताहरूले संगठनप्रति प्रतिबद्धता व्यक्त गर्दै वीपी कोइरालाको सपनालाई साकार पार्न सामूहिक संकल्प लिएका नेजस भारतका सह–महामन्त्री जीवलाल भट्टराईले बताए ।





0 Comments