बाँकेका विभिन्न पालिकामा ३१ खानेपानी आयोजनाबाट पानी वितरण

बाँकेका विभिन्न पालिकामा ३१ खानेपानी आयोजनाबाट पानी वितरण

नेपालगन्ज ४ साउन : बाँकेमा निर्माणाधीन रहेका ८२ वटा खानेपानी आयोजना मध्ये ३१ वटा आयोजना सञ्चालनमा आएका छन् । खानेपानी तथा सरसफाई कार्यालय बाँकेका निमित्त प्रमुख प्रकाशजङ्ग शाहका अनुसार लुम्बिनी प्रदेश सरकार अन्तर्गत र सङ्घीय सशर्त अनुदानबाट निर्माणाधीन रहेका आयोजनामध्ये एकतिहाई सञ्चालनमा आएका छन् । 

खानेपानी तथा सरसफाइ कार्यालय बाँकेका निमित्त प्रमुख शाहले भने, ‘जसमध्ये अधिकांश आयोजना आंशिक रुपमा सञ्चालनमा आएका छन्, ती योजना निर्माणकै क्रममा छन् । ’

कचनापुर खानेपानी आयोजना, खजुरा २,४,७ खानेपानी आयोजना ई गाउँ, पेडारी खानेपानी आयोजना, महादेवपुरी खानेपानी आयोजना, भम्पा खानेपानी आयोजना, राप्ती गौशाला खानेपानी आयोजना, कुमाल गाउँ खानेपानी आयोजना, शम्शेरगञ्ज खानेपानी आयोजना, राजपुर खनोपानी आयोजना, गाभर खानेपानी आयोजना, भवाननियापुर खानेपानी आयोजना, बिराट खानेपानी आयोजना, रझेना खानेपानी आयोजना, जयसपुर खानेपानी आयोजना, राधापुर खानेपानी आयोजना, सीतापुर खानेपानी आयोजना, बालापुर खानेपानी आयोजना गरी ३१ वटा खानेपानी आयोजना पूर्ण तथा आंशिकरुपमा सञ्चालनमा आएका छन् । 

Duduwa Tato hawa Bachau Image

खानेपानी तथा सरसफाइ कार्यालय बाँकेका इञ्जिनियर गोपाल शर्माका अनुसार जिल्लामा प्रदेश सरकारको तर्फबाट ४४ र सङ्घीय सशर्त अनुदानबाट ३४ गरि ८२ वटा खानेपानी आयोजना निर्माणको क्रममा छन् । 

कार्यालयले गत आव २०८१÷८२ सम्म करिब २० हजार घरधुरीमा आयोजना अन्तर्गत खानेपानीको धारा वितरण गरिएको जनाएको छ । बाँकेमा आव २०७५÷७६ देखि प्रदेश सरकारले समेत खानेपानीमा काम गर्न थालेपछि खानेपानी आयोजना निर्माणको काममा तीव्रता आएको हो ।