७९ वटा छाडा पशुचौपाया काञ्जीहाउस लगियो
- | नेपाखबर
- २८ असार २०८२, शनिवार
- नेपाखबर
नेपालगन्ज २८ असार : नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस पुर्याएको छ ।
बजार क्षेत्रमा छाडा छोडिएका ७९ वटा पशुचौपायालाई शनिबार विहान वडा नम्बर–२१ विर्तास्थित काञ्जीहाउस लगिएको हो । ती मध्ये ४८ वटा गाई–गोरु र बाच्छा–बाच्छी तथा ३१ वटा घोडा–खच्चड काञ्जीहाउस पुर्याइएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले जानकारी दिए ।
बजारमा छाडा पशुचौपायाको संख्या बढ्दै जाँदा दुर्घटनाको जोखिम बढेपछि छाडा पशुचौपायालाई काञ्जीहाउस लगिएको बोगटीले बताए । नगरका विभिन्न भागमा छरिएर रहेका छाडा पशुचौपायालाई एकितृत गरेर एकसाथ काञ्जीहाउस पुर्याइएको थियो ।
बोगटीका अनुसार ट्राफिक चोकदेखि राँझा चोक तथा बजार क्षेत्रभित्र सडकमा रहेका छाडा पशुचौपायालाई एकिकृत गरी काञ्जीहाउस लगिएको हो । नगर प्रहरीको टोलीले छाडा पशुचौपायालाई काञ्जीहाउस पुर्याएको हो । नगर प्रहरीले सडकमा छाडा पशुचौपायाको संख्या बढ्दा काञ्जीहाउस लैजाने गरेको छ ।





0 Comments