बाँकेको नेपालगन्ज, डुडुवा र खजुरामा मोहर्रमको बिदा

बाँकेको नेपालगन्ज, डुडुवा र खजुरामा मोहर्रमको बिदा

नेपालगन्ज २२ असार : इस्लाम धर्माबलम्बीहरुको महान पर्व मोहर्रम पर्वको अवसरमा नेपालगन्ज् उपमहानगरपालिका र डुडुवा गाउँपालिकाले विदा दिएका छन् । 

आज आईतबार परेको मोहर्रम पर्वको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले सबै विद्यालयहरुमा पठनपाठन बन्द रहने जानकारी दिएको छ । शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले सूचना निकालेर सामुदायिक, संस्थागत तथा धार्मिक बिद्यालयहरुलाई सार्वजनिक बिदा दिइएको जनाउँदै पठनपाठन बन्द रहने जानकारी दिएका हुन् ।

यस्तै डुडुवामा पनि पालिका अन्तर्गत रहेका सामुदायिक तथा निजी विद्यालय, मदरसा तथा मुस्लिम समुदायका कर्मचारीलाई विदा दिइएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए । 

Duduwa Tato hawa Bachau Image

पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयले सूचना प्रकाशित गर्दै मोहर्रम पर्वको अवसरमा सम्पूर्ण बिद्यालय बन्द रहनुका साथै पालिका अन्तर्गतका कार्यालयहरुमा मुस्लिम समुदायका कर्मचारीलाई बिदा दिइएको उल्लेख गरिएको छ । पालिका अध्यक्ष चौधरीले इस्लाम धर्माबलम्बीलाई शुभकामना समेत दिएका छन् ।

उता खजुरा गाउँपालिकाले २० गतेबाटै वर्षे बिदा घोषणा गरेका कारण मोहर्रम पर्वको बिदा सोही बिदा अन्तर्गत पर्न गएको जनाएको छ । अध्यक्ष डम्बर बिक तुफानले वर्षे बिदाकैबीच पर्व परेको जनाउँदै मुस्लिम समुदायलाई शुभकामना ब्यक्त गरे ।