राप्तीसोनारीको सीमा बस्तीका घर दैलोमा स्थानीय सरकार

राप्तीसोनारीको सीमा बस्तीका घर दैलोमा स्थानीय सरकार

बाँके (गुर्दनगौडी) २१ असारः बाँकेको अति विकट मानिने राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ मा पर्ने सीमा क्षेत्र बस्तीका घरदैलोमा स्थानीय सरकार पुगेको छ । राप्ती सोनारीको वडा नम्बर–४ को खयरभट्टी, चुनभट्टी, गुर्दनगौडी, बाँसखोली, चुनपानी, माझपानी लगायत करिव एक दर्जन बढी गाउँमा स्थानीय सरकार पुगेको हो ।

स्थानीय सरकार प्रमुख समेत रहेका राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको नेतृत्वमा गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर–४ का वडाअध्यक्ष मिनराज खड्का ‘सन्तोष’, गाउँपालिका अध्यक्ष पौडेलका सचिवालय प्रमुख पवन शाह लगायतको टोली त्यहाँ पुगेर विभिन्न योजना अनुगमन गरेको हो ।


त्यस क्षेत्रमा बाटो, बिद्यालय, आधारभुत स्वास्थ्य केन्द्र, प्रतिक्षालय, तटबन्ध, बत्ती लगायत स्थानीय सरकारबाट निर्मित संरचनाको अनुगमन गरिएको वडा नम्बर–४ का वडाअध्यक्ष खड्काले जानकारी दिए । सो क्रममा बिद्यालयका शिक्षक, ब्यवस्थापन समितिका पदाधिकारी, बिद्यार्थी लगायतसँग पनि भेटघाट गरी त्यहाँका समस्या टिपोट गरिएको उनले बताए ।

Duduwa Tato hawa Bachau Image

सीमा क्षेत्रका बासिन्दासँग गाउँपालिका अध्यक्ष पौडेलले आगामी बजेटबाट बाटोलाई थप सुधार गर्न गाउँपालिकासहित प्रदेश र संघीय बजेट ल्याउन आवश्यक पहल गर्ने, त्यहाँको बस्तीलाई होमस्टेको रुपमा विकास गर्न चासो र चिन्ता लिएको बताइएको छ ।