बागेश्वरी मन्दिर नजिकबाट २० ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

बागेश्वरी मन्दिर नजिकबाट २० ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज १६ असार : बाँके प्रहरीले ठूलो मात्रामा ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ बागेश्वरी मन्दिर नजिकबाट प्रहरीले भारत बहराइच जिल्ला केवलपुरका २४ वर्षीय मोहम्मद आरिफलाई २० ग्राम ९२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।

बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले शंका लागेर जाँच गर्दा आरिफको साथमा ब्राउनसुगर फेला परेको बताए ।

भारतीय नागरिक आरिफ ब्राउन बिक्री गर्न नेपालगन्ज आएको बुझिएको छ। प्रहरीले आरिफले कसलाई दिन आएको वा बिक्री गर्न आएकोबारेमा अनुसन्धान गरिरहेको जनाएको छ।

Duduwa Tato hawa Bachau Image

सीमावर्ती शहर भएकाले नेपालगन्जमा भारतीयले नै ब्राउनसुगर ल्याइदिने गरेको पाइन्छ। कतिपय आफै भारतीय बजारमा गएर किन्ने गर्दछन्। यसरी किनेर आउँदै गर्दा नाकामा पक्राउ परेका धेरै घटना छन्।