एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड
- | नेपाखबर
- १३ असार २०८२, शुक्रवार
- नेपाखबर
नेपालगन्ज १३ असार : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ ।
नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।
यस्तै, माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागीमध्ये १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।
नतिजाअनुसार, ३.६ देखि ४ सम्म ४८१७७ जना, जिपिए ३.२ देखि ३.६ सम्म ८१३८५ जना, जिपिए २.८ देखि ३.२ सम्म ८९१२४ जना, जिपिए २.४ देखि २.८ सम्म ४८४७९ जना, जिपिए २.० देखि २.४ सम्म ४१२६ जना, जिपिए १.६ देखि २.० सम्म ८ जना वर्गीकृत भएका छन् ।
अवर्गीकृत परीक्षार्थीको सङ्ख्या एक लाख ६७ हजार ५९७ रहेको छ ।
०८१ को एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
यस्तै एसईईको पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नजिता सार्वजनिक गर्दै पूरक परीक्षा साउन २९ गते बिहीबारदेखि हुने जनाएको छ ।
अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् ।
राष्ट्रिय परीक्षा बोर्डकाअनुसार एसईई नतिजको विस्तृत विवरण एसएमएस, आईभीआर र वेबसाइट प्रयोग गर्न स्वीकृति दिइएकोले सो सर्ट कोड र वेबसाइटबाट हेर्न सकिने जनाएको छ ।
एसएमएस र आईभिआरमार्फत यसरी हेर्ने
नेपाल टेलिकमको एसएमएस÷यूएसएसडी र आईभीआरका लागि १६०० मा मेसेज गरेर हेर्न सकिन्छ । त्यस्तै, जानकी टेक्नोलोजी प्रालीको एसएमएसमार्फत हेर्न ३५००१, आकाश टेक प्रालीबाट हेर्न ३४४५५, अल स्टार आईटी सोलुसन्स प्रालिको लागि ३४९४९ मा एसएमएस गरेर हेर्न सकिन्छ ।





0 Comments