‘माग्ने राजा’को पोस्टर सार्वजनिक गरियो
- | नेपाखबर | मनोरञ्जन
- ६ असार २०८२, शुक्रवार
- नेपाखबर
नेपालगन्ज ६ असार : आगामी भदौ ६ गतेदेखि रिलिज गरिने नेपाली चलचित्र ‘माग्ने राजा’को पोस्टर सार्वजनिक भएको छ । आज काठमाडौंमा कार्यक्रम आयोजना गर्दै चलचित्रको पोस्टर सार्वजनिक भएको हो ।
दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । एउटा पोस्टरमा केदार मात्रै छन् । अर्कोमा केदारसँगै वर्षा शिवाकोटी र विल्सनविक्रम राई फिचर्ड छन् ।
केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा रहेको चलचित्र ‘माग्ने राजा’ भदौ ६ गते रिलिज हुँदैछ । यो चलचित्रमा केदार, वर्षा र विल्सनसँगै आर्यन सिग्देल, मिस पवि र शिशिर बाङदेलको मुख्य भूमिका छ ।
ऋषि लामिछानेले निर्देशन गरेको यो चलचित्रको पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन् ।
चलचित्रमा मुनाल घिमिरेको लगानी छ । भने आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका छन् । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।





0 Comments