१५ दिन अघि भित्रिएको मनसुन २३ औं दिनमा देशभर फैलियो मनसुन

१५ दिन अघि भित्रिएको मनसुन २३ औं दिनमा देशभर फैलियो मनसुन

नेपालगन्ज ६ असार : सरदर मिति भन्दा १५ दिन अगावै नेपाल भित्रिएको मनसुन आजबाट देशभर फैलिएको छ । यही जेठ १५ गते कोशी प्रदेशबाट भित्रिएको मनसुन २३ औं दिनमा सुदूरपश्चिमसम्मै फैलिएको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज असार ६ गते मनसुनी वायु सुदूरपश्चिम प्रदेशसम्म फैलिएको जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख र बाहिरिने मिति अक्टुबर २ तारिख हो । तर, यस वर्ष १५ दिन अघि नै मनसुन नेपाल भित्रिएको थियो । १५ दिन अघि नेपाल भित्रिएको मनसुन कोशी प्रदेशबाट पश्चिम सर्न २३ दिन लाग्यो ।

विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । गण्डकी, लुम्बिनी र कर्णालीमा सबैभन्दा बढी प्रभाव पर्ने पूर्वानुमान छ ।

Duduwa Tato hawa Bachau Image

मनसुनका सुरुवाती दिनदेखि नै देशभर बाढी–पहिरोले सडक अवरुद्ध हुने लगायतका घटनाहरु देखिएका छन् । यस वर्षको मनसुनमा २० लाख भन्दा बढी व्यक्ति प्रभावित हुने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुमान गरेको छ ।