धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश

धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश

नेपालगन्ज २ असार : राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणालाई धरौटीमा छाड्न आदेश भएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

राणा सोमबार बिहानै अदालतमा उपस्थित भएपछि सोमबार नै उनको बयान गरिएको थियो । २०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको थियो ।

राणालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको मागदावी लिइएको थियो । यसअघि प्रहरीले अनुसन्धान पूरा गरेर उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचारका लागि रिहा भएका राणा मुद्दा दायर भएपछि सम्पर्कबिहीन थिए ।

Duduwa Tato hawa Bachau Image

राणा सोमबार आफैँ अदालतमा उपस्थित भएकोमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र अझै सम्पर्कबाहिर छन् । यसअघि तीनकुने घटनामा अदालतले ३२ जनालाई धरौटीमा छाड्दै दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।

डाक्टर धवल शम्सेर राणा बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान मेयर हुन् ।