पत्रकारको निःशुल्क आँखा जाँचसँगै औषधी र चश्मा वितरण

पत्रकारको निःशुल्क आँखा जाँचसँगै औषधी र चश्मा वितरण

नेपालगन्ज १ असार : चौथो गौरव स्मृति दिवसको अवसरमा बाँकेका पत्रकारको आँखा जाँच गरिएको छ। 

गौरव स्मृति तथा बि. योर सेल्फ फाउन्डेसनले नेपाल पत्रकार महासंघ, बाँकेसँग समन्वय गरेर पत्रकारको निशुल्क आँखा जाँच तथा चश्मा र औषधि वितरण गरेको हो।

नेपाल पत्रकार महासंघ बाँकेसंगको सहकार्यमा जिल्लाका १९४ जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको हो । नेपालगञ्ज-४ स्थित फाउण्डेशनको कार्यालयमा गरिएको आँखा जाँच कार्यक्रममा ९१ जनालाई निःशुल्क चश्मा प्रदान गरिएको छ । औषधि पनि निःशुल्क वितरण गरिएको थियो । 

सो अवसरमा बाँकेका १ सय ९४ जनाको आँखा जाँच गरिएको छ भने ९१ जनालाई निःशुल्क चश्मा र औषधी वितरण गरिएको छ। गौरव साहले बि. योर सेल्फ फाउन्डेसन सञ्चालन गर्थे। चार वर्ष अघि उनको मृत्यु भएपछि उनको नामलाई जोडेर संस्था चलाइएको छ। संस्थाको संरक्षकमा प्रदीप साह र अध्यक्ष मधु साह छन्। संस्थाले सामाजिक र मानवीय काम गर्दै आएको छ।

Duduwa Tato hawa Bachau Image

आँखा जाँच अघि उद्घाटन कार्यक्रममा संरक्षक प्रदीप साह, अध्यक्ष मधु साह, नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नवीन गिरी, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, समाजसेवी हरिष गुप्ताले गौरवले संस्थामा गरेको योगदानको चर्चा गरेका थिए ।