न्यूरोडका ग्रिन बेल्टमा ३० वटा बगम बेली विरुवा रोपियो

न्यूरोडका ग्रिन बेल्टमा ३० वटा बगम बेली विरुवा रोपियो

नेपालगन्ज २२ जेठ : लामो समयदेखि निस्कृय रहेको क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज अभियान पुनः सुरु गरिएकोछ । विश्व वातावरण दिवसका अवसरमा नेपालगन्जस्थि न्यूरोडका ग्रिनबेल्टमा बृक्षारोपण गरेर पुनः क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज अभियान सुरु गरिएको हो । 

न्यूरोडका ग्रिनबेल्टमा बगम बेलीका विरुवा रोप्दै बिहीबार उक्त अभियानको पुनः सुरुवात गरिएको हो । क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अभियान्ता डाक्टर विनोद कर्ण, डाक्टर सुरेश कनोडिया र ग्रेस रौनियार कनोडियाले संयुक्तरुपमा बगम बेलीको विरुवा रोपेका हुन् । 


सो अभियानलाई सार्थकता दिनका लागि ग्रेस रौनियार कनोडियाले ५० वटा बगम बेलीका विरुवा उपलब्ध गराएको अभियन्ता डाक्टर कर्णले बताए । 

डाक्टर कर्णले यसअघि रोकिएको सातब्यापी सरसफाई अभियान बर्खा सकिएलगत्त पुनः सुरु गरिने समेत बताए । उनले प्राप्त फूलका विरुवामध्ये ३० वटा बागेश्वरी मन्दिरको पूर्व गेट नजिकदेखि भानुभक्त चोकसम्म न्यूरोडको ग्रिनबेल्टमा बगम बेलीका विरुवा रोपिने र बाँकी रहेका सुर्खेतरोडका विभिन्न स्थानमा रोपिनेछ । 

Duduwa Tato hawa Bachau Image

विरुवा रोप्नु अघि अभियानका अभियन्ता डाक्टर विनोद कर्ण, डाक्टर सुरेस कनोडिया, डाक्टर जोसन न्यौपाने, कृष्णप्रसाद श्रेष्ठ तथा बगम बेली फूलका विरुवा उपलब्ध गराउने ग्रेस रौनियार कनोडियाले आफ्ना धारणा राखेका थिए ।