यस्तो छ बजेटमा लुम्बिनी प्रदेश : रेलदेखि पेट्रोलियम अन्वेषणसम्म
नेपालगन्ज १५ जेठ : आर्थिक वर्ष २०८२-८३ का लागि संघीय सरकारले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका लागि धेरैजसो पुराना योजनाहरूलाई निरन्तरता दिइएको छ। तर, नयाँ क्षेत्रहरूमा समेत लगानीको घोषणा गर्दै सरकारले रेल सञ्चालनको तयारीदेखि पेट्रोलियम पदार्थ अन्वेषणसम्मको योजना अघि सारेको छ।
बिहीबार संसद्मा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशमा कृषि पूर्वाधार निर्माणदेखि औद्योगिक क्षेत्रको विस्तार, पर्यटन प्रवद्र्धन, सडक निर्माण, स्वास्थ्य, शिक्षा र ऊर्जा क्षेत्रमा प्राथमिकता दिइएको जानकारी गराए।
प्रमुख प्राथमिकता र आयोजना
भैरहवा एकीकृत भन्सार चौकी निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने।
रुपन्देहीको मोतीपुर, बाँकेको नौवस्ता र दाङको लक्ष्मीपुरमा निजी क्षेत्रको सहकार्यमा औद्योगिक क्षेत्र निर्माणमा बजेट।
रेलमार्गको तयारी अन्तर्गत नेपालगञ्ज रोड–नेपालगञ्ज र नौतनहवा–भैरहवा खण्डमा काम शुरु गर्ने।
पाल्पा र दाङमा पेट्रोलियम पदार्थ अन्वेषणको लागि बजेट छुट्याउने।
लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखानाको सम्भाव्यता अध्ययन गरी सरकारी लगानी व्यवस्थापन गर्ने योजना।
लुम्बिनी क्षेत्र संरक्षण, विकास र प्रवद्र्धनका लागि बृहत्तर गुरुयोजना तयार गर्ने।
निजी क्षेत्रको सहकार्यमा लुम्बिनी–मुक्तिनाथ पर्यटन मार्ग विस्तार गर्ने।
भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान थप्न सहुलियत दिने, डाँडको टरिगाउँ विमानस्थल विस्तार गर्न बजेट विनियोजन।
अर्घाखाँचीको पणेनामा संस्कृत व्याकरण प्रतिपादनकर्ता श्रृंखला स्मृतिमा ज्ञान उद्यान निर्माण।
ऐतिहासिक तथा पुरातात्त्विक अभिलेख डिजिटल अभिलेखमा रूपान्तरण गर्ने योजना।
बाँकेको कोहलपुरमा निर्माणाधीन डाटा सेन्टर सञ्चालनमा ल्याउने।
बुटवल मेडिकल कलेज निर्माणका लागि बजेट, भैरहवाको रण अम्बिका आँखा अस्पतालका लागि पुँजीगत अनुदान दिने।
सिद्धार्थ क्रिकेट रंगशाला, बबई–सिम्टा सिँचाइ तथा भेरी–बबई सिँचाइ आयोजना बजेटमा समावेश।
अर्घाखाँचीको नौमुरे जलविद्युत बहुउद्देश्यीय आयोजनामा लगानी सुनिश्चित।
बुटवल–शिद्धबाबा सुरुङमार्ग सम्पन्न गर्ने योजना।
बेलहिया–बुटवल सडक, सालझन्डी–ढोरपाटन व्यापारिक रणनीतिक सडक, बुटवल–गोरुसिङ्गे सडक र बुटवल–नारायण सडक निर्माणका लागि बजेट विनियोजन।





0 Comments