महिनावारी सचेतनाका लागि खजुरामा बिशेष कार्यक्रम

महिनावारी सचेतनाका लागि खजुरामा बिशेष कार्यक्रम

खजुरा १४ जेठ : महिनावारीमैत्री समाजका लागि खजुरा गाउँपालिकाले महिनावारी स्वच्छता दिवसको अवसरमा बुधबार सडक नाटक तथा सचेतिकरण कार्यक्रम आयोजना गरेको छ । 

स्वास्थ्य शाखाले वडा नम्बर– ६ स्थित पुरैनाको जनसेवा माविमा आयोजना गरेको कार्यक्रममा नेपालगन्जस्थित वेष्टर्न हस्पिटल नर्सिङ कलेजका तेस्रो वर्षका नर्स अध्ययनरत छात्राहरुले सडक नाटक प्रदर्शन गरेका थिए ।

महिनावारीका समस्या र त्यसका बिषयमा छात्राहरुलाई सचेत र सजग बनाउन सडक नाटक प्रभावकारी भएको स्वास्थ शाखा खजुराकी प्रमुख लक्ष्मी केसीले बताइन । उनले सडक नाटकको माध्यमबाट छात्राहरुलाई महिनावारी स्वच्छताका बिषयमा जागरुकता पैदा भएको उल्लेख गरिन् ।


कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक ‘तुफान’, उपाध्यक्ष मञ्जु मल्ल, प्रवक्ता धनिराम ओलीले महिनावारीका बिषयमा रहेका भ्रममा नपर्न र आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्न आग्रह गरेका थिए । उनीहरुले छात्राहरुको स्वास्थ्यका सवालमा पालिका गम्भीर रहेको बताएका थिए । पालिका अध्यक्ष तुफानले सामाजिक बिभेदकै परीणाम महिलाहरुले कुनै बेला महिला माथि चरम अन्याय भएको बताउँदै अहिले त्यस्तो अवस्था नभएको उल्लेख गरे ।


Duduwa Tato hawa Bachau Image

कार्यक्रमको खजुरा गाउँपालिका सामाजिक विकास समितिका संयोजक कृष्णा कुमारी पोखरेलको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा जनसेवा माविका प्रअ टंकनाथ दाहाल, पव्लिक हेल्थ नर्स बिष्णु श्रेष्ठ सहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी शिक्षक शिक्षिका, विद्यार्थी, महिला स्वंयसेविका, अभिभावक लगायतको सहभागीता रहेको थियो ।

यसैबीच स्वास्थ्य शाखाकै आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि विद्यालय शिक्षा कार्यक्रम सञ्चालन समेत गरिएको थियो ।