मालपोतका खरिदारसहित तीन जना अख्तियारको नियन्त्रणमा

मालपोतका खरिदारसहित तीन जना अख्तियारको नियन्त्रणमा

नेपालगन्ज १० जेठ : मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत कर्मचारीसहित तीन जनालाई अख्तियारले घुस सहित नियन्त्रणमा लिएको छ । मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे, लेखापढी व्यवसायी (विचौलिया) शान्ति पुन र घनश्याम तिवारीलाई नियन्त्रणमा लिइएको हो ।

तिवारी रेष्टुरेन्टमा घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले २० हजार घुस सहित पक्राउ गरेको हो ।

खरिदार पाण्डे समेतले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी लेखापढी व्यवसायी (विचौलिया)मार्फत सेवाग्राहीसँग घुस  मागेको अख्तियारको आरोप छ ।

Duduwa Tato hawa Bachau Image

खरिदार पाण्डेलाई विचौलिया मार्फत सेवाग्राहीसँग २० हजार घुस लिई तिवारी रेष्टुरेण्टका सञ्चालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित निज खरिदार हरिचन्द्र पाण्डे, लेखापढी व्यवसायी पुन र तिवारीलाई कोहलपुर ११ स्थित तिवारी रेष्टुरेन्टबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीहरुमाथी आवश्यक अनुसन्धान शुरु गरिएको बताइएको छ ।