चलचित्र पत्रकार संघ बाँकेबाट सुवेदी र गिरी सम्मानित

चलचित्र पत्रकार संघ बाँकेबाट सुवेदी र गिरी सम्मानित

नेपालगन्ज ४ जेठ : चलचित्र पत्रकार संघ नेपाल बाँकेले मोफसलमा रहेर कला कर्म र पत्रकारिता गरिरहेका २ जनालाई सम्मान गरेको छ । 

२६ औँ वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा आईतबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा निर्देशक तथा डान्सर नवराज सुवेदी र पत्रकार सावित्री गिरीलाई सम्मान गरेको हो । 

सुवेदीलाई तीन हजार एकसय र गिरीलाई दुइ हजार एकसय नगद रुपैयाँ र प्रमाण पत्रसहित सम्मान गरिएको हो । मोफसलमा रहेर सुवेदीले दर्जनौं म्युजिक भिडियो र लघु चलचित्र निर्देशन गरेका छन् । यस्तै चलचित्र विधामा कलम चलाउन प्रोत्साहन गर्ने गरि पत्रकार गिरीलाई सम्मान गरिएको चलचित्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले बताए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषी चौलागाईले चलचित्रप्रतिको आफ्नो लगाव रहेको बताउदैं चलचित्र हेर्नका लागि गरेको विगतको संघर्ष स्मरण गरे । सिनेकर्मी, पत्रकार, सिनेमा हल र दर्शक एकअर्काको परिपुरक भएको बताउँदै चलचित्र पत्रकार संघले यी निकायविच समन्वय बढाउन भुमिका खेलिरहेको पनि उनले बताए । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरिले अहिले नेपाली चलचित्रहरुले राम्रो व्यापार गरिरहेको बताउदैं नेपालगन्जमा सुविधा सम्पन्न फिल्म हल निर्माण हुनु पनि गौरवको विषय भएको बताए । 

Duduwa Tato hawa Bachau Image

केन्द्रबाट दर्शक भेट्न नेपालगन्ज आएका कलाकारलाई पत्रकारसँग साक्षात्कार गराउने कामलाई निरन्तरता दिन संघलाई उनले सुझाव दिए । पत्रकार निरज गौतम, संगितकर्मी तथा चलचित्र पत्रकार संघ नेपाल बाँकेका सल्लाहकार सुन्दर गुरुङले विधागत पत्रकारिता गर्न, चलचित्र पत्रकारिता सम्बन्धी सीप अभिवृद्धि गर्न सुझाव दिएका छन् ।

सोक्रममा प्राप्त सुझावहरुलाई आगामी दिनमा कार्यान्वयन गर्दै लैजाने संघका अध्यक्ष रामचन्द्र पौडेलले बताए । कार्यक्रममा स्वागत मन्तब्य कार्यवहाक सचिव लक्ष्मी तिमिल्सिनाले गरेकी थिइन । भने विभिन्न क्षेत्रका दुई दर्जन बढीको सहभागिता रहेको थियो ।