बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध

बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध

नेपालगन्ज २४ वैशाख : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरीमा बसले ठक्कर दिदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाईकलमै सवार अर्का गम्भीर घाइते भएका छन ।

पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको भे ९ प ६४२८ नम्बरको मोटरसाईकललाई सोही दिसातर्फ गईरहेको वा १–०६ख ३५९३ नम्बरको बसले बुधबार बिहान साढे ११ बजेतिर ठक्कर दिदाँ राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरी निवासी अन्दाजी ३३ वर्षका सुदिप सुवेदीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक(डिएसपी) लक्ष्मी खनालले जानकारी दिईन ।

दुर्घटनामा परी ढकेरीकै अन्दाजी ३५ वर्षका हिरासिंह ओली घाइते भएको उनले बताइन । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।


Duduwa Tato hawa Bachau Image

प्रहरीले ठक्कर दिने बस र चालक शिव परियारलाई नियन्त्रणमा लिएको जनाएको छ  । दुर्घटनापछि स्थानीयले बासिन्दाले पुर्ब–पश्चिम राजमार्गको कुसुम–कोहलपुर खण्ड अवरूद्ध गरेका छन  ।