बाँके प्रहरी प्रमुख घर्ती सहित फोनिजका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

बाँके प्रहरी प्रमुख घर्ती सहित फोनिजका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

नेपालगन्ज २४ वैशाख : आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको बाँके शाखाले बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई सम्मान सहित स्वागत गरेको छ ।

फोनिजले केन्द्र र प्रदेशमा निर्वाचित पदाधिकारी सदस्य तथा बाँकेमा सरुवा भई आएका प्रहरी उपरीक्षक राम प्रसाद घर्तीमगर र नेकपा एकीकृत समाजवादीमा नवनिर्वाचित बाँके अध्यक्ष दीपक जिएमलाई सम्मान सहित स्वागत गरेको हो ।

फोनिजको केन्द्रिय अधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य द्वय गजेन्द्र गुरुङ र प्रज्वल श्रेष्ठ तथा लुम्बिनी प्रदेश कोषाध्यक्षमा निर्वाचित भगतराम थारुलाई बाँके शाखाले सम्मान गरेको हो । सोही अवसरमा बाँके सरुवा भएर आएका बाँके प्रहरी प्रमुख घर्ती र एकीकृत समाजवादीको जिल्ला अधिवेशनबाट निर्वाचित जिएमलाई पनि फोनिजले सम्मान गरेको हो ।

सो अवसरमा बोल्दै बाँकेका प्रहरी प्रमुख घर्तीले आफुले निश्पक्ष र निर्भीकतापूर्वक शान्ति सुरुक्षाको सम्पादन गर्ने प्रतिबद्धता जनाए । उनले जिल्लामा शान्ति बहाल गर्न सबैको सहयोग आवश्यक रहने जनाउँदै बाँकेका आदिवासी जनजातिबाट पनि कार्य सम्पादनमा सकारात्मक सहयोग पाउने अपेक्षा गरे ।

कार्यक्रममा फोनिज लुम्बिनीका इन्चार्ज गजेन्द्र गुरुङले अग्रज र सरोकारवालालाई सम्मान गर्ने परम्परा बसालेकोमा बाँके शाखालाई धन्यवाद दिए । 


Duduwa Tato hawa Bachau Image

जिल्ला अध्यक्ष अशोक थापाको अध्यक्षतामा भएको कार्यक्रममा आदिबासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा, नेपालगन्जकी पूर्व उपमेयर उमा थापा, खजुरा प्रज्ञाप्रतिस्थानका प्राज्ञ सुन्दर गुरुङ, पत्रकार शरण कर्माचार्यलगायतले बाँकेमा रहेका सबै आदिबासी जनजातिहरुलाई गोलबन्द गर्नेगरि कलम चलाउन फोनिजका पत्रकारहरुलाई आग्रह गरेका थिए ।