मुस्लिम समुदायका महिलाहरुलाई प्रजनन स्वास्थ्य सम्वन्धी तालिम

मुस्लिम समुदायका महिलाहरुलाई प्रजनन स्वास्थ्य सम्वन्धी तालिम

नेपालगन्ज २१ वैशाख : मुस्लिम समुदायका महिलाहरुलाई प्रजनन स्वास्थ्य सम्वन्धी तालिम नेपागन्जमा शुरु भएको छ ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग,जिल्ला स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ को समन्वयमा शुरु भएको तालिम तीन दिन सम्म चल्ले छ । 

तालिमको उद्घाटन गर्दे जिल्ला स्वास्थ्य कार्यालय बाँकेका निमिक्त कार्यालय प्रमुख नरेशबाबू श्रेष्ठले यस तालिमले प्रजनन स्वास्थ्यबारेको बुझाई थप स्पष्ट हुनुका साथै जिवनउपयोगी हुने बताए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ का वडाअध्यक्ष प्रमोद रिजालले प्रजनन स्वास्थ्यबारे सबै जानकार हुनैपर्ने बिषय भएकाले यो बिषयलाई समेटिएको बताए । उनले आमामी दिनमा पनि यस्ता किसिमका तालिमहरु सञ्चालन हुन आवश्यक रहेको बताए ।


Duduwa Tato hawa Bachau Image

लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठको संयोजनमा आयोजित तालिममा नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर–१ का १९ देखी ४० बर्ष उमेर समुहका ३० जना मुस्लिम समुदायका महिलाहरुको सहभागिता रहेको छ । प्रजनन स्वास्थ्यका बारेमा जानकारी गराईसकेपछि सीपमूलक तालिमपनि प्रदान गर्ने योजना रहेको सांसद श्रष्ठले बताइन् ।

तालिमको सहजिकरण स्वास्थ्य कार्यालय बाँकेका मलेरीया इन्सपेक्टर निरीक्षक दुर्गा गौतम ,पब्लिक हेल्थ नर्श बिष्णु श्रेष्ठ र नेपालगन्ज उपमहानगरपालिकाका सिनीयर अनमी निर्मला खनालले गरीरहेकी छन् ।