बाँकेको बैजनाथलाई पुर्णखोप सुनिश्चितता घोषणा

बाँकेको बैजनाथलाई पुर्णखोप सुनिश्चितता घोषणा

बैजानाथ (बाँके) १८ वैशाख : बैजनाथ गाउँपालिकालाई बुधबार पूर्णखोप सुनिश्चितता तथा दीगोपना पालिका घोषणा गरिएको छ । गाउँपालिका कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच घोषणा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवम जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीले घोषणा गरेका हुन् । गाउँपालिका भित्र रहेका बाल बालिकाले पाउनु सबै खोप पाएकाले पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक चौधरीले गाउँपालिकाको अथक प्रयासले पुर्णखोप सुनिश्चितता घोषणा गरिएको बताए । घोषणा गर्नका लागि महिला स्वास्थ्य स्वयं सेविकाको भुमिका महत्वपूर्ण रहेको उनले बताए ।

गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले स्वास्थ्य क्षेत्रमा खोप महत्वपूर्ण विषय भएको बताए । यसअघि बालबालिकाले खोप नपाउँदा स्वास्थ्यमा समस्या आउने गरेपनि संघियता आएपछि सबैभन्दा नजिकको स्थानीय सरकारले हेरिरहेको बताए ।

यस्तै गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले पूर्णखोप सुनिश्चितता घोषणा गर्नमा महिला स्वास्थ्य स्वयं सेविकाको योगदान बढी रहेको बताइन् ।  

Duduwa Tato hawa Bachau Image

सो क्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले पूर्णखोप सुनिश्चितता घोषणाका लागि अवलम्बन गरिएको प्रक्रियाका बारेमा जानकारी गराउनुका साथै शाखाको प्रगति विवरण प्रस्तुत गरेका थिए । 

घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाईजर जनक गिरी, चिसापानी स्वास्थ्य चौकीका प्रमुख प्रेम शाह, महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल बैजनाथकी अध्यक्ष मन्दिरा रिमाल लगायतले मन्तव्य व्यक्त गरेका थिए, भने कार्यक्रम सञ्चालन स्वास्थ्य शाखाका अधिकृत श्यामवीर शाहीले गरेका थिए । सो क्रममा घोषणाका लागी योगदान पु¥याउनेलाई सम्मान गरिएको थियो । 

उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, सशस्त्र प्रहरी उपरीक्षक प्रकाश सुवेदी, विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार लगायतको उपस्थिती रहेको थियो । घोषणा कार्यक्रम शुरु हुनुअघि गाउँपालिका कार्यालयसम्म पञ्चेबाजासहित ¥याली निकालिएको थियो ।