नदीमा नुहाउन गएका २० वर्षीय युवक बेपत्ता

नदीमा नुहाउन गएका २० वर्षीय युवक बेपत्ता

नेपालगन्ज ११ वैशाख : साथीहरूसँग बबई नदीमा नुहाउन गएका एक युवक बेपत्ता भएका छन् । गुलरिया नगरपालिका–६ का २० वर्षीय सिर्जन पोखरेल बुधबार बबई नदीमा बेपत्ता भएका हुन् ।  

गुलरिया नगरपालिका–५ स्थित बबई नदीमा साथीहरूसँग नुहाउन गएको बेला बुधबार साँझ साढे ५ बजे युवक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए ।

Duduwa Tato hawa Bachau Image

‘नुहाउन गएका सात जना मध्ये एक जना युवक बेपत्ता भएका छन्,’ उनले भने, ‘बेपत्ता युवकको सशस्त्र प्रहरीको गोताखोर टोलीद्वारा खोजी कार्य जारी छ ।’