नौ महिनामा यूएईमा २२६ नेपालीले गुमाए ज्यान

नौ महिनामा यूएईमा २२६ नेपालीले गुमाए ज्यान

नेपालगन्ज ११ वैशाख : बितेको नौ महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई)मा ज्यान गुमाउने नेपालीको संख्या २२६ पुगेको छ । 

यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो नौ महिना (०८१ साउनदेखि चैत मसान्तसम्म) मा उनीहरूको मृत्यु भएको हो ।

दूतावासले सार्वजनिक गरेको विवरणअनुसार, ०८१ को साउनमा ३० जना, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७ र चैतमा १७ जना नेपालीको मृत्यु भएको छ ।

पछिल्लो नौ महिनामा यूएईमा प्रत्येक महिना औसतमा २५ जनाभन्दा बढी नेपाली कामदारको मृत्यु भएको देखिन्छ ।

गत आर्थिक वर्ष २०८०-८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष यूएईमा प्रत्येक महिना औसतमा १९ जनाभन्दा बढी नेपालीको मृत्यु भएको थियो ।

Duduwa Tato hawa Bachau Image

सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटुसम्बन्धी रोगलगायत कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।