बुलबुलिया शान्तिनगर टोलमा नियमित सरसफाई
- | नेपाखबर | स्वास्थ्य
- ९ चैत २०८१, शनिवार
- नेपाखबर
नेपालगन्ज ९ चैत्र : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ बुलबुलिया शान्तिनगरका स्थानीयले शनिवार आफ्नो टोलको सरसफाई गरेका छन् ।
टोलको दक्षिण—उत्तरतर्पmको ६०० मिटर सडक—नालाको सरसफाई गरिएको समितिका सचिव रामकुमार शर्माले जानकारी दिए । बुलबुलिया शान्तिनगर टोल विकास समितिको आयोजनामा गरिएको टोल सरसफाई कार्यक्रममा जेष्ठ नागरिक, युवा तथा महिलाहरु गरी करिब २० जनाको सहभागिता रहेको थियो ।
टोल सरसफाईका लागि स्थानीयहरुको आर्थिक सहयोगमा सफाई सम्बन्धि सामग्री समितिमार्पmत खरीद गरिएको छ । समितिले प्रत्येक साताको शनिवार बिहान ६.३० बजेदेखि टोल क्षेत्रको स्थान छनोट गरी सरसफाई गर्ने कार्यक्रम तय गरिएको सचिव शर्माले बताए ।
टोल सरसफाईका अलावा सुरक्षाका दृष्टिकोणले सम्वेदनशील स्थानमा सीसी क्यामरा जडान, टोलका पाटीपौवा तथा सार्वजनिकस्थलको संरक्षण तथा सम्बद्र्धन र टोल क्षेत्रमा जठाभावी फोहर गर्ने प्रवृत्तिको अन्त्यका लागि पहिलो चरणमा सचेतीकरण अभियान सञ्चालनको प्रक्रिया पनि समितिले शुरु गरिसकेको छ ।
सीसी क्यामरा जडान तथा सरसफाई उपकरण खरीदका लागि समितिले माग गरे बमोजिम नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ को कार्यालयले रु ५० हजार बजेट बिनियोजन गरिसकेको र सो बजेट छिटै समितिलाई निकासा गरिने वडा अध्यक्ष सुरेशसिंह ठाकुरले जानकारी दिए ।
यसैबीच टोल विकास समितिको शनिबार बसेको बैठकले टोलको दक्षिण—उत्तर क्षेत्रको विद्युत पोल सडक छेउको उपयुक्त स्थानमा स्थानान्तरण गर्न प्राविधिक पक्ष र आर्थिक पक्षमा तत्काल काम गर्ने निर्णय गरेको छ ।
समितिका अध्यक्ष निरजकुमार गौतमको अध्यक्षतामा बसेको बैठकले टोल विकासका विविध पक्षमाथि गम्भीर छलफल गरी विकास गतिविधिमा स्थानीयहरुको बढीभन्दा बढी सहभागिता जुटाउनुपर्नेमा समेत सहमति कायम गरेको जनाइएको छ ।





0 Comments