गणतन्त्रको पक्षमा चैत १५ गते समाजवादी मोर्चाको प्रदर्शन
नेपालगन्ज २७ फाल्गुन : समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । आज मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकलले प्रदर्शन गर्ने निर्णय गरेको हो ।
आईतबार राजावादीको प्रदर्शनलगत्तै समाजवादी मोर्चाले त्यसको विरोध गर्दै गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो ।
समाजवादी मोर्चाले ‘प्रतिगामी शक्ति’विरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिएको नेसपाका नेता महिन्द्र राय यादवले नेपालखबरलाई जानकारी दिए ।
आईतबार काठमाडौँमा राजावादीले प्रदर्शन गरेका थिए। त्यसपछि सबै राजावादी समर्थित दलबाहेक अन्य दलले यसको विरोध गर्दै आइरहेका छन् । समाजवादी मोर्चामा आवद्ध दलहरूले त राजावादीको प्रदर्शनको विरोधमा काठमाडौँ केन्द्रित प्रदर्शनको तयारी गरेको हो ।
मोर्चाको संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव छन् । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी पनि सहभागी छन् ।





0 Comments