ज्ञानेन्द्रलाई चाँडै राजगद्दीमा राख्छौं : धवल शम्शेर राणा

ज्ञानेन्द्रलाई चाँडै राजगद्दीमा राख्छौं : धवल शम्शेर राणा

नेपालगन्ज २६ फाल्गुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा.धवल शम्शेर राणाले राजा ज्ञानेन्द्र शाहलाई चाँडै राजगद्दीमा राख्ने दाबी गरेका छन् । नेपाली जनताले विमानस्थलबाट निर्मल निवास पु¥याएपछि गणतन्त्रवादीको मुटु हल्लिएको उनको भनाइ थियो ।

राप्रपाले सोमबार सुर्खेतमा आयोजना गरेको मोटरसाइकल ¥यालीलाई सम्बोधन गर्दै उनले भने, ‘राजालाई जनताले काठमाडौं एयरपोर्टबाट निर्मल निवास लगेको देखेपछि गणतन्त्रवादी, संघीयतावादी र धर्मनिरपेक्षतावादीहरुको मुटु हल्लिएको छ । अब राजालाई राजगद्दीमा फर्काउने धेरै समय छैन ।’

चैतमा हुने काठमाडौं केन्द्रित आन्दोलनले गणतन्त्र, धर्मनिरपेक्षताको बिदाई गर्ने दाबी गर्दै राणाले एक महिनाको समयमा योजना बनाएर अघि बढ्ने घोषणा गरे ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

गणतन्त्रवादी पार्टीहरुको मुटु थर्किएपछि यिनीहरु हिजोबाट एक ठाउँ आउने योजनामा छन्, भन्दै महामन्त्री राणाले भने, ‘अब हामी सबै राजावादी, राष्ट्रवादी, हिन्दुवादी, संघीयताविरोधी, गणतन्त्रविरोधी, भ्रष्टाचारविरोधी एकजुट भएर यिनको सामना गर्नुपर्दछ ।’

राजसंस्था सँगसँगै बेचेर खाएको धर्म, सँस्कृति पनि पूनःस्थापना गर्ने राणाले बताए । १४ अरब रुपैयाँ खाएर हाम्रो धर्म, रितिरिवाज बेचेको, भ्रष्टाचार भएको कुरा अमेरिकी राष्ट्रपतिको भनाइबाट पुष्टी भएको उनको आरोप छ ।

प्रतिनिधिसभा सदस्य समेत रहेका राणाले काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी हुन चैत्रमा राजधानी आउन सबैलाई आमन्त्रण गरे ।


Duduwa Tato hawa Bachau Image

कार्यक्रम बीरेन्द्र चोकमा कोणसभामा परिणत हुनपर्व मोटरसाइकल ¥यालीले नगर परिक्रमा गरेको थियो । ¥यालीमा राजसंस्थाको पक्षमा र गणतन्त्रको विरुद्धमा नारा लगाइएको थियो । 

यसअघि आईतबार एकमहिने पोखरा बसाई सकाएर काठमाण्डौं पुगेका राजा ज्ञानेन्द्र शाहको भब्य स्वागत गरिएको थियो । स्वागत गर्न उपस्थित हजारौं शुभेक्छुक, राजाबादी, हिन्दूबादी आमसर्वसाधरणको उपस्थितीमा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट निर्मल निवाससम्म राजा ज्ञानेन्द्रलाई लगिएको थियो ।