‘संविधानविरुद्धको गतिविधिप्रति सबै दल एकजुट हुनुपर्छ’
नमुना समाज विकास केन्द्रले बैजनाथमा बनाउँदै आफ्नै भवन
बनकटवा(बाँके) २६ फाल्गुन : लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले संविधानविरुद्ध भइरहेको गतिविधिप्रति सबै दल एकजुट हुनुपर्ने बताएका छन् ।
नमुना समाज विकास केन्द्रको बैजनाथ गाउँपालिकाको बनकटवामा भवन शिलान्यास गर्दै मन्त्री तिमिल्सेनाले संविधानको रक्षा गर्न सत्ता र विपक्षी सबै एकजुट हुजुपर्ने बताए ।
देशभर पछि काठमाडौँ केन्द्रित हुँदै गएको राजा ल्याउने आन्दोलनलाई संकेत गर्दै मन्त्री तिमिल्सेनाले त्यसको विरुद्ध संविधान जारी गर्ने दलहरु एकजुट हुनुपर्ने बताए ।
मन्त्री तिमिल्सेनाले शिक्षाको गुणस्तर सुधार्न आफू लागिपरेको बताए । उनले लुम्बिनीमा ८० हजारले परीक्षा दिँदा ३१ हजार मात्र पास भएको बताउँदै यति धेरै किन फेल भइरहेका छन्, त्यसको सोधीखोजी गरिरहेको बताए ।
उनले नमुना समाज विकास केन्द्रले समाजमा बिकृति हटाउने, सामाजिक सद्भाव कायम गर्ने, सांस्कृतिक संरक्षणसँगै पछाडी परेका समुदायको पक्षमा काम गर्नुपर्ने बताए । बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले समाज परिवर्तनमा नमुना समाज विकासले राम्रो काम गरिरहेको बताए ।
संस्थाका अध्यक्ष टिकाराम रिजालले २०६५ सालमा स्थापना भएको संस्थाले समाज परिवर्तनका लागि निरन्तर काम गरिरहेको बताए । संस्थालाई भवन बनाउन प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गरेको छ ।
नमुना समाज विकास केन्द्रका अध्यक्ष टिकाराम रिजालको अध्यक्षतामा भएको उक्त भवन शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेना, बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख उद्धव श्रेष्ठ, नेपाली काँग्रेस बैजनाथका सभापति देबबहादुर खत्री, नेकपा एमाले अध्यक्ष मान बहादुर खत्री, नेकपा माओबादी केन्द्रका अध्यक्ष जय बहादुर विक, वडा नम्बर ३ का वडाअध्यक्ष निखिल बैगार, वडा नम्बर ४का वडाअध्यक्ष प्रकाश शाही, वडा नम्बर– ५ का वडाअध्यक्ष देवबहादुर रावत, वडा नम्बर ६ का वडाअध्यक्ष पदम धिताल र वडा नम्बर–८ का वडाअध्यक्ष भग्गन थारुको उपस्थिती रहेको उक्त कार्यक्रममा सामाजिक विकासका केन्द्रकी कोषाध्यक्ष प्रतिमा चौधरीले स्वागत मन्तब्य राखेकी थिइन् ।





0 Comments