शम्सेरगन्जमा कालोपत्रे सडक शिलान्यास
नेपालगन्ज २३ फाल्गुन : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–२ शम्सेरगन्जमा निर्माण गर्न लागिएको कालोपत्रे सडकको शिलान्यास गरिएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर–८ को सीमानादेखि ५ सय मिटर लम्बाई र ८ मिटर चौडाईमा नाला सहितको सडक निर्माण गर्न लागिएको हो ।
राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले शुक्रबार एक कार्यक्रमका बीच उक्त सडक शिलान्यास गरे । चालु आर्थिक वर्ष भित्रमा कालोपत्रे सडक सम्पन्न हुने अध्यक्ष पौडेलले बताए ।
कुल ६७ लाख ६८ हजार १ सय ३१ रुपैयाँको लागतमा सडक निर्माण सम्पन्न हुने गाउँपालिकाको योजना शाखाले जानकारी दिएको छ । उक्त सडक निर्माण गर्न ‘अनमोल÷मेनुका जे.भी’ ले सम्झौता गरेको बताइएको छ ।





0 Comments