अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गर्ने दुई वटा टिपर प्रहरीको नियन्त्रणमा
- | नेपाखबर | अपराध–घटना
- २१ फागुन २०८१, बुधवार
- नेपाखबर
नेपालगन्ज २१ फाल्गुन : जिल्ला प्रहरी बाँकेले अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गर्ने दुई वटा टिपरलाई नियन्त्रणमा लिएको छ ।
बुधबार बिहानै बाँके प्रहरीले डुडुवा गाउँपालिका–५ स्थित मिलन चोकबाट अवैध रुपले नदिजन्य पदार्थ लोड गरेर नेपालगन्जतर्फ आउँदै गरेका दुई वटा टिपरलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
बाँके प्रहरीका अनुसार भे १ क १८१६ र भे १ क १८६१ नम्बरका टिपरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।





0 Comments