राजनीतिक स्थायित्व दिनु वर्तमान सरकारको मुख्य काम : उपप्रधानमन्त्री सिंह

राजनीतिक स्थायित्व दिनु वर्तमान सरकारको मुख्य काम : उपप्रधानमन्त्री सिंह

नेपालगन्ज १३ फाल्गुन : उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व दिनु वर्तमान सरकारको मुख्य काम रहेको बताएका छन् ।

नेपाली काँग्रेस बाँकेले पार्टी कार्यालयमा मंगलबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राजनीतिक स्थायित्व भएपछि मात्र विकास निर्माण लगायतका काम गर्न सकिने बताए ।

संघीयताको भावना अनुरूप वर्तमान सरकार बनेको प्रष्ट पारे । ’यो सरकार धेरै ठूलो काम गर्नलाई आएको होइन, राजनीतिक स्थायित्व दिनको लागि आएको हो,’ सिंहले भने । पार्टीको तर्फबाट नेतृत्व गरेर आफू उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्री भएको स्मरण गराउँदै भने, ‘म उपप्रधानमन्त्री हुँदैमा तपाईंहरूका सबै काम तुरुन्तै नहुन सक्छ, प्रक्रिया हुन्छ ।’  

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

काँग्रेस–एमालेबीच भएको सहमति अनुसार आउँदो निर्वाचन कांग्रेसकै नेतृत्वमा हुने विश्वास व्यक्त गरे । ‘निर्वाचन काँग्रेसकै नेतृत्वमा हुने कुरामा हामी विश्वस्त होऔं, निर्वाचन हुनु भन्दा अगाडि पार्टीको संगठन बनाऔँ, बुथ कमिटीदेखि माथीसम्म संगठन बनाऔँ,’ उपप्रधानमन्त्री सिंहले भने, ’निर्वाचनमा मेसिन नै पार्टी संगठन हो, आम मतदातासम्म पुग्नलाई संगठन चाहिन्छ ।’  

Duduwa Tato hawa Bachau Image

अर्को प्रसंगमा काँग्रेसका नेता समेत रहेका सिंहले पार्टीका हरेक काम गर्दा काँग्रेसलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताए । ‘हामीमा राजनीतिक संस्कार हुनुपर्यो, नेताहरूले सिकाएको कुरालाई सबैले पालना गर्नुपर्यो,’ उनले भने, ‘काँग्रेस जिम्मेवार पार्टी हो, हामी पनि जिम्मेवार बन्नुपर्छ ।’