राँझा विमानस्थलमा आपतकालीन पूर्व अभ्यास
- | नेपाखबर | अपराध–घटना
- ९ फागुन २०८१, शुक्रवार
- नेपाखबर
नेपालगन्ज ९ फाल्गुन : बाँकेस्थित नेपालगञ्जको राँझा विमानस्थलमा बृहत् आपतकालीन पूर्व अभ्यास गरिएको छ ।
विमानस्थलभित्र जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिकरुपमै अभ्यास गर्न आज विहान बृहत् आपतकालीन पूर्व अभ्यास गरिएको हो ।
फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी, रेडक्रसका उद्धार टोली विमानस्थलमा आएका थिए । एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालीन अभ्यास गरिएको राँझा विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
पूर्व अभ्यासमा एकाएक विमान दुर्घटना भएको दृश्य देखिन्छ । तत्काल दमकल पुगेर आगो निभाउँछ । सुरक्षाकर्मीले घाइतेहरुको उद्दार गर्छन् र अस्पताल पठाउँछन् । पूर्व अभ्यासको समयमा विमानस्थल बन्द गरिएको थियो ।





0 Comments