नेपाली काँग्रेसका सभापति देउवा भारत जाँदै
नेपालगन्ज ७ फाल्गुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । सभापति देउवा र उनका स्वकीय सचिव भानु देउवा बिहीबार भारत जाने भएका हुन् ।
सभापति देउवा भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा इन्डिया फाउन्डेसनले गर्ने कुम्भ ग्लोबल समिटमा मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
सभापति देउवा शुक्रबार कार्यक्रममा सहभागी हुनेछन् । उनले राजनीतिक भेटघाट गर्ने कार्यक्रम नभएको सचिवालयको भनाइ छ । तर, उनी कुम्भ मेलामा सहभागी हुने सम्भावना भने छ ।
यो समिटमा वक्ताका रूपमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी रहनेछन् । सभापति देउवा शनिबार काठमाडौं फर्कने कार्यक्रम छ ।





0 Comments