घरभित्र महिलाको शव फेला

घरभित्र महिलाको शव फेला

नेपालगन्ज ५ फाल्गुन : शंकास्पद अवस्थामा घरभित्र महिलाको शव फेला परेको छ । ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँकी ५१ वर्षीया राधा बोहोराको आईतबार बिहान शव फेला परेको हो ।

घरभित्र घाँटीमा कपडाले खाँबोमा बाँधिएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । घरको बाहिरबाट ताल्चा लगाइएको प्रहरीले जनाएको छ ।

Duduwa Tato hawa Bachau Image

महिला घरमा एक्लै बस्दै आएको स्थानीयले जनाएका छन् । महिलाको शव पोष्टमार्टमका लागि बर्दिया अस्पतालको शव गृहमा राखिएको छ । घटना शंकास्पद रहेकोले तालिम प्राप्त कुकुरसहित अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।