शान्तिनगर बस्ती विकल्प विहीन तवरले नहटाउन माग
कोहलपुर ५ फाल्गुन : अखिल नेपाल सुकुम्बासी सङ्घ कोहलपुर नगर समितिले कोहलपुर नगरपालिका वडा नम्बर– ११ शान्तिनगरको सुकुम्बासी बस्ती विकल्प विहीन तवरले उठिबास नलगाउन माग गरेको छ ।
अखिल नेपाल सुकुम्बासी सङ्घ कोहलपुर नगर समिति अध्यक्ष नरे नेपालीद्वारा सोमबार एक विज्ञप्ती जारी गर्दै उक्त माग गरेका हुन् ।
झण्डै २ दशकदेखि बसोवास गदै आएका दलित, भूमिहीन तथा अव्यवस्थित बसोवासीले विकल्प विहीन तवरले हटाउनु न्यायोचित नहुने सङ्घका कोहलपुर नगर अध्यक्ष नेपालीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपालको संविधानले बसोबासलाई मौलिक अधिकारका रुपमा व्याख्या गरेको उल्लेख गर्दै विज्ञप्तिमा विकल्पविहीन तवरबाट हटाइए कडा सङ्घर्षमा उत्रने उल्लेख गरिएको छ ।
कोहलपुर नगरपालिका–११ शान्तिनगरमा लामो समयदेखि दलित, भूमिहीन तथा अव्यवस्थित बसोबासी बसोवास गर्दै आएका छन् । नेपालको संविधानमा एक पटकका लागी दलित भूमिहीन, भूमिहीनलाई बसोवासको व्यवस्था गर्ने उल्लेख छ ।





0 Comments