प्रदर्शनीको तयारीलाई तिव्रता दिदैं महिला उद्यमी संघ

प्रदर्शनीको तयारीलाई तिव्रता दिदैं महिला उद्यमी संघ

नेपालगन्ज ४ फाल्गुन : महिला उद्यमी संघ नेपाल बाँकेले नेपालगन्जमा आयोजना गर्न लागेको प्रदेशस्तरीय प्रदर्शनीको तयारी तिब्र बनाएको छ । संघले स्टल बुकिङ्ग, समन्वय सहकार्य, आर्थिक व्यवस्थापन, प्रदर्शनीमा सहभागि हुनेहरुको व्यवथापन लगायतको कार्यहरुलाई तिब्र दिइरहेको छ । प्रदर्शनीको तयारी तिब्ररुपमा अगाडी बढिरहेको महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोख्ररेल बस्नेतले बताएकीछन् ।

उनका अनुसार प्रदर्शनीलाई भब्य बनाउन विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी पनि दिइसकिएको छ । संघले यसपटक गर्न लागेको प्रदर्शनी नवांै संस्करण हो ।

संघले यही फाल्गुन ६ देखि १० गतेसम्म नेपालगन्जको बागेश्वरी मन्दिरमा रहेको पार्कस्थलमा प्रदर्शनी प्रदर्शनी लगाउन लागेको अध्यक्ष बस्नेतले बताइन । संघले लगाउने प्रदर्शनी अन्य अन्य प्रदर्शनी भन्दा फरक हुन्छ, अध्यक्ष पोख्ररेल बस्नेतले भनिन, ‘हाम्रो उद्देश्य भनेको महिला उद्यमीले उत्पादन गरेको वस्तु, उत्पादनको बजारीकरण र प्रवद्र्धन गर्ने हो ।

विगतको भन्दा यसपटकको प्रदर्शनीमा केही फरक गतिबिधि गर्ने संघले तयारी गरिरहेको छ । प्रदर्शनी संयोजक रेवती सिंहले यस पटक महिलाहरुलाई उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यले ‘उद्यमी उत्प्रेरणा कार्यक्रम’ गरिने बताइन । उनका अनुसार प्रदर्शनी उद्घाटनको भोलिपल्ट फागुन ७ गते नगरपालिका, बैंकिङ्ग क्षेत्र, विज्ञ र जनप्रतिधिको सहभागितामा उद्यमी उत्प्रेरणा कार्यक्रम सञ्चालन गरिनेछ ।

८ गते युवा उद्यमशीलता तथा रोजगार उत्पे्रेरणा कार्यक्रम हुनेछ भने फागुन ९ गते सफल उद्यमीको अनुभव आदान प्रदान कार्यक्रम गरिने संयोजक सिंहले बताइन । संयोजक सिंहका अनुसार ६० वटा स्टलमध्ये हालसम्म ४१ स्टल बुक भइसकेका छन् ।

प्रदर्शनीमा, बाँकेसहित बर्दिया, दाङ्ग, रुकुम, प्यूठान, सुर्खेत, रोल्पा जिल्लाबाट महिला उद्यमी आउने तय भएको छ । यसबाहेक जिल्लाका पनि आउने कुराकानी भइरहेको संयोजक सिंहले बताइन ।

प्रदर्शनीको स्टलमा मस्यौरा, अल्लोबाट बनेको सामान, खाजा नास्ता बनाउने, बेतको सामान, खुकुरी, भांग, स्थानीय उत्पादन बेसार, अचार, मह, जुत्ता, ह्याण्ड मेड, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीका तेल, अण्डा जस्ता अन्य हुने छन् । स्थानीय सरकारको प्रभावकारी समन्वय सहकार्य भएकै कारण हालसम्म संघले महिलाहरुलाई अवसर सिर्जना गर्न सफल भएको संघकी उपाध्यक्षसमेत रहनुभएकी सिंहले बताइन् ।

प्रदर्शनीमा स्टल लिएर आउने बाहिरका महिला उद्यमीलाई विगतका वर्षजस्तै आते जाते, बस्ने र खानाको व्यवस्थापन गर्ने गरि तयारी चलिरहेको आर्थिक समिति संयोजक आभा गौतमले बताइन् ।

Duduwa Tato hawa Bachau Image

ग्रामीण भेगमा रहेका महिलाहरुले उत्पादन गर्दै आएको, निर्माण गर्दै आएको सामाग्रीहरुलाई बजार (उपभोक्ता) सम्म सहज रुपमा पु¥याउनका लागि बाँकेका सबै स्थानीय तहसँग समन्वय सहकार्य गरिएको संघकी द्वितीय उपाध्यक्षसमेत रहेकी संयोजक गौतमले जानकारी दिइन ।

मेलामा सहभागि भएका महिला उद्यमीले उत्पादन गरेको सामान आफै बाहिरसमेत पठाउन थालेका छन् । साथै मेलाले उद्यमी सोंच भएका कयौं महिलाहरुलाई उद्यमीसमेत बनाएको संघले जनाएको छ । प्रदर्शनी मेला एक प्रकारको अवसरका रुपमा छ ।

प्रदर्शनीस्ले उत्पादन गरेको सामानलाई सजिलै उपभोक्तामाझ पु¥याउने यो एकदमै राम्रो अवसर भएकाले कार्यक्रम लुम्बिनी प्रदेशले गर्व गर्ने विषय भएको संघको लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले बताइन । करिव १४ लाख रुपैयाँ खर्च हुने प्रदर्शनीमा अन्य जस्तो सांस्कृतिक कार्यक्रम नभएर नितान्त सामानहरुको प्रदर्शनी हुने भएकाले दर्शक तथा उपभोक्ताका रुपमा करिब १५ हजार स्थलमा पुग्ने संघको अनुमान छ ।