जनतामा माओवादी प्रतिको आशा बढेको छ : उपमहासचिव बस्नेत
नेपालगन्ज ३ फाल्गुन : नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेतले जनतामा नेकपा माओवादी प्रति आशा बढ्दै गएको बताएका छन् ।
सुर्खेतबाट काठमाण्डौ जाने क्रममा कोहलपुरमा अगुवा कार्यकर्ता सँगको भेटमा उनले माओवादीले विगतमा सरकार रहँदा गरेका कामका कारण जनतामा आशा बढेको र जनमत समेत बढ्दै गएको बताए ।
विगतमा काँग्रेस, एमाले र माओवादी एकै हुन भन्ने भाष्य निर्माण गर्न खोजिएकोमा माओवादीले सुशासन र विकास मार्फत त्यसको जवाफ दिएको बताए ।
काँग्रेस र एमालेको गठबन्धनले भ्रष्टाचारको संरक्षण र दलाल हरूको संरक्षण बाहेक केही गर्न नसकेको र आगामी दिनमा पनि केही गर्न नसक्ने धारणा राखे ।
संविधान संशोधनका नाममा संविधानमा भएका प्रगतिशील कुराहरू हटाउन खोजिएको बताउँदै उनले त्यसो भएमा सडक र सदन बाट एक साथ प्रतिरोध गर्ने अवस्था आउने समेत धारणा राखे । समानुपातिक समाबेशिता लगायतका विषयहरू हटाउन खोजिएको उनको भनाई थियो ।
हालको पार्टी लाई सुदृढ गर्ने र माओवादी धार लगायत अन्य लाई समेत समेटदै बलियो पार्टी निर्माण गरिने धारणा राखे ।
उनले भूमिहीन सुकुम्बासी लाई वैकल्पिक व्यवस्था बिन हटाउन नहुने भन्दै कोहलपुर ११ शान्तिनगर बासेवास गरेकाहरू लाई विकल्प दिनुपर्ने धारणा राखे । उनले भूमिहीन तथा रुकुमवासीको बस्ती उठाए प्रतिरोध गरिने धारणा राखे ।





0 Comments