प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले निर्वाचित
नेपालगन्ज २९ माघ : प्रेस सेन्टर नेपाल, लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदीप वाग्ले निर्वाचित भएका छन् ।
सद्भाव दैनिकका प्रकाशक÷सम्पादक समेत रहेका वाग्ले दाङको मौरीघाटमा सोमबार सम्पन्न भएको प्रदेश अधिवेशनबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
सम्पादक वाग्लेको नेतृत्वमा २५ सदस्यिय नयाँ कार्यसमिति, पदाधिकारी निर्विरोध रुपमा निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्ष(खुल्ला)मा दाङका भुपेन्द्र ओली, उपाध्यक्ष समावेशीमा कपिलबस्तुकी चिन्ता परियार, उपाध्यक्ष महिलामा रोल्पाकी देवी गुरुङ, महासचिवमा रुपन्देहीका कमल रायमाझी, सचिवमा गुल्मीका तिलाचन पाण्डे, महिला सचिवमा दाङकी अनिता पोखरेल, जनजाति सचिवमा रोल्पाका जितेन्द्र बुढा, दलित सचिवमा रोल्पाकै भरत नेपाली, सचिवमा पाल्पाका जीवलाल सुवेदी र कोषाध्यक्षमा प्युठानका प्रकाश वैद्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी कार्यालय सचिवमा दाङका टेकमान ओली, लेखा समिति संयोजकमा चिरञ्जिवी न्यौपाने, लेखा समितिका सह–संयोजकमा मित अधिकारी तथा सदस्यहरुमा शिवु खनाल, रमेश गैरे, सञ्जय सौगात, देवी खड्का, राजेश आचार्य, उर्मिला गौतम, प्रदिप गुप्ता, राजु दंगाल, बलराम श्रीपाली, राजु क्षेत्री लगायत रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष वाग्ले नेपाल पत्रकार महासंघ बाँकेका पूर्व उपाध्यक्ष र हालका सल्लाहकार हुन् । नेकपा (माओबादी केन्द) कोहलपुर नगर समिति सदस्य समेत रहेका वाग्ले दुई दशक लामो समयदेखि बाँकेको पत्रकारितामा सक्रिय छन् ।





0 Comments