माओवादीलाई जनताको सेवा गर्ने पार्टीको रुपमा बिकास गर्नुपर्छ : अध्यक्ष पाण्डे
नेपालगन्ज २३ माघ : नेकपा माओवादी केन्द्रका बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ले माओवादी पार्टी जनताको सेवा गर्ने पार्टीको रुपमा बिकास गर्नुपर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्र खजुराको नव निर्वाचित समितीको सपथ तथा पदभार कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले यस्तो बताएका हुन् । उनले माओवादी पार्टी यसका नेता कार्यक्रर्ताले जनताको सेवा गर्ने र जनजिबिकाका सवालालाई मुख्य मुद्दा बनाएर अगाडी बढनु पर्ने बताए ।
माओवादीले सोँचे अनुसार काम गर्न नसकेको भन्दै केहि आलोचना भएको भएपनि पछिल्लो अध्यक्ष प्रचण्डको प्राधानमन्त्री कालले जनतामा पुनः ठुलो आशा पलाएको र पार्टिको पक्षमा व्यापक जनमत बढेको उनको भनाई थियो ।
उनले स्थानीय सरकारको समेतको नेतृत्व माओवादीले गरेको हुनाले खजुरा गाँउपालिकालाई मोडेल पालिकाको रुपमा बिकास गर्ने उनले बताए ।
सोही कार्यक्रममा बोल्दै खजुरा गाँउपालिका अध्यक्ष डम्बर बिक ‘तुफान’ले माओवादी संसदीय राजनितीको बिभिन्न चरण पार गरेर हाल प्रतिस्प्रधी पार्टी बनेको बताए ।
उनले माओवादीका संगठनका गतिबिधीलाई नियमित बनाउदै जन अपेक्षा अनुसार काम गरे अब माओवादी पहिलो पार्टी बन्ने धारणा राखे । उनले खजुराको स्थानीय सरकारलाई जनमैत्री बनाउने गरि काम भई रहेको धारणा राखे ।
खजुरा गाँउपालिकाका नव निर्वाचित अध्यक्ष राज कुमार बिकले बिगतमा भन्दा फरक ढंगले पार्टी सञ्चालन गर्ने बताए । कार्यक्रर्ता र जनतामा आशा जगाउँदै जनताको मन जित्ने गरि संगठन निर्माण र जनसेवाको काम गर्ने धारणा राखे ।
खजुरा गाँउपालिकाको तेस्रो अधिबेशनबाट अध्यक्ष राज कुमार बिक, उपाध्यक्ष गरिबे शेष, टंक पोख्रेल, धनराम ओली, सचिवमा खड्क ओली सहितको ४१ सदस्यी नयाँ कार्यसमिती निर्वाचित भएको छ । समितीले बुधाबार सपथ तथा पदभार समेत ग्रहण गरेको छ ।
पदभार ग्रहण लगत्तै नव निर्वाचित कार्यसमितीले खजुरामा हरेको शहिद वाटिकामा रहेका शहिदको प्रतिमामा माल्र्यापण गरेको थियो ।





0 Comments