माओवादी केन्द्र बाँकेले जनयुद्ध दिवस भब्य रुपमा मनाउने

माओवादी केन्द्र बाँकेले जनयुद्ध दिवस भब्य रुपमा मनाउने

नेपालगन्ज २२ माघ : नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले आगामी फागुन १ गते जनयुद्ध दिवस भब्यताका साथ मनाउने तयारी गरेको छ । 

माओबादीले २०५२ साल फागुन १ गतेबाट जनयुद्ध शुरु गरेको थियो सोही दिनलाई जनयुद्ध दिवसको रुपमा प्रत्येक वर्ष माओवादीले मनाउँदै आएको छ ।

जनयुद्ध दिवसलाई रचनात्मक रुपमा मनाउँनलाई प्रत्येक पालिकालाई निर्देशन गरेको छ । पालिकाले रचनात्मक कार्यक्रम गर्न ‘जनयुद्ध’ बिषयमा वक्तित्वकला प्रतियोगिता आयोजना गर्न, जनयुद्ध दिवसको अवसरमा रिले डौड प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, ब्लड डोनेसन गर्ने र जनयुद्ध दिवस तथा शहिद सप्ताह कार्यक्रमलाई वडास्तरसम्मै भब्य रुपमा मनाउन निर्देशन गरिएको जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डे ‘जेम्स’ले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिले आठ वटै पालिका अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरु, प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष तथा पदाधिकारीहरु र अखिल क्रान्तिकारीको केन्द्रिय सदस्य भैरव कार्की लगाएतलाई सम्मान तथा शुभकामना दिएको संयोजक ‘जेम्स’ले बताए ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

उनका अनुसार ‘जनबर्गीय संगठनहरुलाई अधिवेशन सम्पन्न गर्न, जनयुद्ध दिवसलाई हर्षोउल्लासका साथ मनाउन निर्देशन गरिएको बताए’ ।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको बैठकले आगामी कार्ययोजना तथा पार्टी सुदृढीकरण गर्न र जनताको लोकप्रिय पार्टी निर्माण गर्न बिभिन्न योजना लिएर पार्टी निर्माण गर्न पालिका पार्टी, वडा पार्टीलाई बिशेष निर्देशन गरीएको समेत संयोजक ‘जेम्स’ ले बताए ।

बैठकमा नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदी, स्थायी समिति सदस्य महेश्वरजंग गहतराज ‘अथक’, केन्द्रिय सदस्य आइपी खरेल, नरेन्द्र न्यौपाने, लुम्बिनी प्रदेश सह–सचिव अक्कल बहादुर बम लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

Duduwa Tato hawa Bachau Image

गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध शुरु गरेको थियो ।

रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले जनयुद्धको सुरु भएको घोषणा गरेको थियो ।

युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भए । केही अझै बेपत्ता छन् । सोही जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ ।