राप्तीसोनारीमा भूमि समस्या समाधान आयोगको कामलाई तिब्रता दिईदै

राप्तीसोनारीमा भूमि समस्या समाधान आयोगको कामलाई तिब्रता दिईदै

राप्तीसोनारी २२ माघ : बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर–३, ४ र ७ वडामा भूमि आयोगको कामलाई तिव्रता दिइने भएको छ । 

भूमि आयोग अन्र्तगत भूमि समन्वय तथा सहजीकरण समिति राप्तीसोनारीको मङ्गलवार बसेको बैठकले विगतको आयोगले थाती राखेका वडाहरूबाट काम शुरुवात गर्ने निर्णय भएको हो । साथै बैठकमा जनप्रतिनिधीहरुले आयोगको कामलाई द्रुत गतिमा अगाडि बढाउन श्रोत र साधनको काम हुन नदिने प्रतिबद्धता गरेका छन् । 

बैठकमा बोल्दै बाँके क्षेत्र नम्बर–१ का सङ्घीय सांसद सूर्य ढकालले आगामी दिनमा फेरी काम गर्न नपर्ने गरि भूमि समस्या समाधान गर्ने तयारी भई रहेको बताए । विगतका भन्दा यस पटकको आयोग अधिकार सम्पन्न रहेको भन्दै स्थानीय जनप्रतिनिधिहरूको सहयोगमा छिटै जग्गा धनी प्रमाण पुर्जा बितरण गरिने बताए । 

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

बैठकमा बोल्दै प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमुना’ले पुस्तौँ सम्म खनजोत गरेर पनि जग्गा धनि प्रमाण पुर्जा नपाएकाहरूलाई छिटो जग्गा धनी प्रमाण पुर्जा बितरण गर्नुपर्ने बताइन । 

उनले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासी गरि ३ भागमा बाडेर काम अगाडि बढेको बताउँदै छिटो काम अगाडि बढाउन आग्रह गरिन् । उनले जोतभोगका आधारमा जग्गा धनी प्रमाण पुर्जा बितरण गरिनु पर्ने समेत बताइन् । 

भूमि समस्या आयोग बाँकेका अध्यक्ष घननाथ खनालले विगतको आयोगले थाती राखेको स्थानबाटै काम अगाडी बढाइने जानकारी दिए । विगतको भन्दै अधिकार सम्पन्न आयोग रहेकाले यसपटक बाँकेका ५१ हजार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा बितरण गरिने बताए । 

उनले उच्च प्रसिद्धीको प्रयोगले ३ महिना भित्र नाँप जाँचको कामलाई सम्पन्न गर्ने गरि अगाडि बढेको समेत बताए । उनले विगतमा विवाद रहने गरेका जंगलाट, एलानि प्रति लगायतमा समेत समस्या नहुने धारणा राखे । 

बैठकको अध्यक्षता गरेका राप्तीसोनारी गाउपालिका अध्यक्ष तप्त पौडेलले नीतिगत कुराको जिम्मा भूमि आयोगले लिएको खण्डमा आफूहरू आयोगलाई श्रोत र साधनको कमी हुन नदिने बताए । उनले यसवर्ष विकासको बजेट कटौती गरेर भएपनि जनतालाई लाल पुर्जा बाँडेरै छाडन बताए । 

उनले राप्तीसोनारीमा झण्डै १३ हजारले अनलाइन फर्म भरेको भन्दै पहिलो चरणमा राप्तीसोनारी गाउँपालिका वडा नं ३, ४ र ७ बाट काम अगाडी बढेको बताए । उनले ति वडाहरूमा नाँपजाँचको काम अगाडि बढेकाले छिटै जग्गा धनी प्रमाण पुर्जा बिरतण गर्न सफल हुने धारणा राखे । 

भौगोलिक हिसाबले ठुलो पालिका रहेकोले आयोगले प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको भनाई थियो । पालिका अध्यक्ष पौडेलले पालिका स्तरमा पालिका समन्वय समिति र वडा स्तरमा वडा समन्वय समिति गठन भएकाले फिल्डमा काम गर्दा आउने समस्या सोही समितिको पहलमा समाधान गदै अगाडि बढ्ने बताए । 

अध्यक्ष पौडेलले आफ्नो कार्यकाल भित्र जग्गा धनि प्रमाण पुर्जा बितरण गरेरै छाड्ने समेत बताए । 

Duduwa Tato hawa Bachau Image

बैठकमा बोल्दै नेपाली काँग्रेस राप्तीसोनारीका अध्यक्ष भिम रानाले रिजल्ट दिने गरी काम गर्न सुझाव दिए । उनले पटक–पटक जनताको आशा निराशमा परिणत हुने गरेको भन्दै यसपटक तदारुकताका साथ काम गर्न सुझाव दिए । 

माओवादी केन्द्रका राप्तीसोनारी गाउँपालिका अध्यक्ष जनक थारुले राप्ती नदिको कटान र डुवानका कारण पनि थुप्रै मानिसहरु सुकुम्बासी बनेको भन्दै उनीहरुलाई हाल बसेको स्थानमै घरबासको व्यवस्था मिलाई जग्गा धनी प्रमाण पुर्जा दिन माग गरे । 

उनले पटक पटकको आयोगले जनतालाई भुक्याउने काम गरेको भन्दै यसपटक त्यसो नगर्न द्रुत गतिमा काम गर्न सुझाए । सरकार परिर्वतन पछि आयोग परिर्वतन हुने हुँदा जनताको आशा निराशमा परिणत हुने गरेको उनको भनाई थियो । 

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–७ का अध्यक्ष रामलखन थारुले विगतमा दिनहरुमा नक्कली पुर्जा बिरतण गरिएको, वर्षोंदेखि बसोवास गरेको स्थानको पुर्जा अर्केको नाममा रहेको जस्ता समस्याहरु रहेको भन्दै सबै समस्याका समाधान गरेर अगाडि बढ्नु पर्ने बताए । उनले पालिकाको तर्फबाट थप बजेट बिनियोज गरेर भएपनि आयोयको कामलाई तिव्रता दिनुपर्ने धारणा राखे । 

बैठकमा नापि कार्यालयका प्रमुख तथा भूमि आयोयका सदस्य सचिव गुणेश्वर यादवले बिगत भन्दा शक्तिशाली आयोग रहेकाले यस पटक काम गर्न सहज रहेको बताएका थिए । 

भूमि समस्या समाधान आयोगले पालिका स्तर र वडा स्तरका जनप्रतिनिधिहरूको नेतृत्वमा भूमि समन्वय तथा सहजीकरण समिति गठन गरेको छ । पालिकामा पालिका अध्यक्ष प्रमुख रहने गरि कार्यपालिका सदस्यहरु र भूमि क्षेत्रमा काम गर्ने संघ सस्थाका प्रतिनिधी राजनैतिक दलका प्रनितिी रहने छन भने वडामा वडा पालिका समितीनै समन्वय तथा सहजीकरण समितीका रुपमा काम गर्ने नितीगत ब्यवस्था छ ।