गोरखा स्कुलमा बृहत योग तथा ध्यान शिविर हुने

गोरखा स्कुलमा बृहत योग तथा ध्यान शिविर हुने

नेपालगन्ज १९ माघ : पश्चिम नेपालमै शिक्षा क्षेत्रमा ख्याती कमाएको कोहलपुरको गोरखा युनाईटेड पब्लिक स्कुलले सामाजिक उत्तरदायित्व अन्तर्गत बृहत योग तथा ध्यान शिविर सञ्चालन गर्ने भएको छ । 

शुक्रबार स्कुलले पत्रकार सम्मेलन गर्दै समाजलाई सकारात्मक दिशातर्फ लैजान सानो प्रयास स्वरुप योग तथा ध्यान शिवीर सञ्चालन गर्न लागिएको गोरखा स्कुलले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै गोरखा युनाईटेड पब्लिक स्कुलका संस्थापक तथा सञ्चालक केशर बहादुर आले मगरले संस्कार र संस्कृति संरक्षणका लागि गरिने शिविरमा कोहलपुरमै पहिलोपल्ट योग गुरु डाक्टर योगी विकाशानन्दको सानिध्यता रहने जानकारी दिए ।

उनले करिब २ हजार जनाको सहभागिता रहने शिविरमा सहभागिता जनाउने महानुभावहरुलाई विद्यालयले दिवा खाना र खाजाको समेत ब्यबस्थापन गर्ने बताए । शिविरमा खालि पेट आउन योगीले दिएको सुझाव अनुरुप आफ्नो विद्यालय प्रांगणमा आउने अतिथीहरुलाई खाना खाजाको ब्यबस्था गरिने उनले बताए ।

आलेका अनुसार विद्यालयको खेल मैदानलाई व्यवस्थित गरि गरिने योग तथा ध्यान शिविरमा योगी डाक्टर विकाशानन्दले जीवनशैली ब्यबस्थापन, तनाव ब्यबस्थापन एवं बिभिन्न सांस्कृतिक विचलनका वारे प्रवचन समेत दिने कार्यक्रम रहेको छ । 

योग र ध्यानवाट संस्कार र संस्कृतिको समेत संरक्षण गर्न सकिने विश्वास ब्यक्त गर्दै संस्थापक संचालक आलेले योगले गर्दा मानव जिवनमा आईपर्ने सवै स्वास्थ्य समस्याहरुलाई निवारण गर्न ठुलो भूमिका खेल्ने बताए ।

सामाजिक सञ्जाल, मोवाईल जस्ता आधुनिक सामाग्रीहरुले मानवलाई आफनो अनुकुल कैद गरेकाले पनि समाज बिभिन्न अपराधिक कार्यमा लाग्ने गरेको उल्लेख गर्दै उनले समाज परिवर्तन गर्न अत्याबश्यक महशुस गरि शिक्षाका अलावा सामाजिक कार्यमा विद्यालयले कार्यक्रमको आयोजना गरेको जनाए ।

यही माघ २२ र २३ गते २ दिनसम्म चल्ने शिविरमा सर्वसाधारणलाई समेत सहभागिताकालागि आव्हान गरिएको उनले जानकारी दिए । 

Duduwa Tato hawa Bachau Image

आलेका अनुसार योग तथा ध्यान शिविरमा बाँकेमा उपलब्ध प्रतिनिधि तथा प्रदेशसभाका सांसदहरु, उच्च अदालतका न्यायाधीशहरु, जिल्ला समन्वय समितिका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, स्थानीय सरकारका सरकार प्रमुखहरु, सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीहरु, संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुका साथै सर्वसाधारणहरुको समेत उपस्थिती रहने निश्चित भएको छ ।