‘लोकतन्त्र र प्रेस स्वतन्त्रता’ एक अर्काका परिपुरक रहेकोमा जोड

‘लोकतन्त्र र प्रेस स्वतन्त्रता’ एक अर्काका परिपुरक रहेकोमा जोड

नेपालगन्ज १५ माघ : लोकतन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । 

प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार स्वर्गीय पन्नालाल गुप्त ‘चाचा’को पाँचौं स्मृति दिवसको अवसरमा मंगलबार पत्रकार महासंघले आयोजना गरेको ‘लोकतन्त्र र प्रेस स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताले यस्तो कुरामा जोड दिएका हुन् ।

पन्नालाल गुप्त स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपालगन्जका पुर्वमेयर एवम् प्रतिष्ठानका अध्यक्ष विजय गुप्ता, नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, महासंघ बाँकेका पुर्वअध्यक्ष झलक गैर र रुद्र सुवेदी, प्रेस युनियन बाँकेका पुर्वअध्यक्ष एवम् महासंघका पुर्वसचिव जयनारायण शाह लगायतले लोकतन्त्र बिना प्रेस स्वतन्त्रता सम्भव नभएको बताए । 

प्रेस स्वतन्त्रता भएको मुलुकमा मात्र लोकतन्त्रको अनुभुती गर्न पाइने उनीहरुको जोड छ । लोकतन्त्र र प्रेस स्वतन्त्रता प्राप्तीका लागि स्वर्गिय गुप्तले पुर्याएको योगदान अविष्मरणीय रहेको बक्ताहरुले बताए ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ पत्रकार शिव डोटेल, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी, प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्री, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी, पत्रकार आशिष गुप्ता, बीरेन्द्र जैसी, निशु जोशी लगायतले पनि लोकतन्त्र र प्रेस स्वतन्त्रताबारे आफ्नो धारणा राखेका थिए । महासंघ बाँकेका उपाध्यक्ष करुणा शाहले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन महासंघका कार्यसमिति सदस्य समिरमान श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा स्वर्गीय चाचाको फोटोमा माल्यार्पण गरिएको थियो । स्मृति दिवसको सन्दर्भमा प्रतिष्ठानले साप्ताहिक किरणको विशेषांक प्रकाशन गरेको छ । 

Duduwa Tato hawa Bachau Image

उक्त विशेषांकमा स्वर्गीय ‘चाचा’को स्मृतिमा वरिष्ठ पत्रकारहरुका लेख प्रकाशित गरिएको विशेषांकका प्रबन्ध सम्पादक सावित्री गिरीले बताइन् । ‘यो विशेषांक ‘चाचा’ को स्मृतिका लागि एउटा जगको रुपमा रहेको छ, यसलाई अब उहाँको हरेक स्मृति दिवस र जन्मजयन्तीमा पनि निरन्तरता दिनेछौं,’ उनले भनिन् ।